सरकारी बजेटमा समुदायको लगानी बढाउँदै विकासमा अग्रसर हुँदै घार ( भिडीयो सहित)

  • ९ असार २०७५, शनिबार
  • 3301 पटक पढिएको

म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार सरकारी बजेटमा समुदायको लगानी  जनश्रमदान र जनसहभागीता  बढाएर विकास निर्माणलाई उपलब्धीमुलक बनाउनेतर्फ अग्रसर बनेको छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि गाउँको विकासमा फ्ड्को मारेको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरु मध्ये अधिकाँशमा सरकारी बजेटकै हाराहारीमा समुदायले समेत स्रोत थप गरि योजनाहरुलाई प्रभाबकारी र दिगो बनाएका छन् ।

सामुदायिक भवन र विद्यालय भवनमा कक्षाकोठा थप गर्नेमा समुदायबाटै थप स्रोत जुुटाएर स्टिमेट र लक्ष्य भन्दा बढी काम गरेका स्थानीयले सिचाई, खानेपानी लगायतका योजनाहरुमा समेत श्रमदान गरि न्युन बजेटबाट उपलब्धीमुलक काम गरेको पाईएको छ । २०७५ असार ९ गते घार क्षेत्रको स्थलगत अवलोकनको क्रममा विकासमा देखिएको समुदायको लगानीले ल्याएको उपलब्धी सहितको रिपोर्ट प्रस्तुत छ ।