विशेष

म्याग्दीकी थापा प्रतिनिधिसभा सदस्यमा चयन

बेनी २९ माघ । नेकपा एमालेले पोलीट ब्युरो सदस्य थममाया थापालाई समानुपातीकतर्फ प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातीकतर्फका प्रतिनिधीसभा सदस्यहरुको सूचिको पाँचौ नम्बरमा आदीवासी, जनजाती, महिला कोटाबाट थापाको नाम परेको छ । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला नेत्री थापा यसअघि २०६४ को संबिधानसभामा एमालेबाट... पुरा पढ्नुहोस

पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन् (फोटो फिचर)

पुलाचौर २८ माघ । बेनी नगरपालीका ५ पुलाचौरका महिलाहरुले सिकेको सिपलाई निरन्तरता दिदै सामुहिक ब्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन... पुरा पढ्नुहोस

बैसरीमा बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाईते दुई जनालाई पोखरा रिफर

म्याग्दी, २८ माघ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आईतवार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परि वेपत्ता भएकी रघुगंगा गाउँपालिका– १ की लिमायाँ पुर्जा समेत मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि बगाएर... पुरा पढ्नुहोस

बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाईते

म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको... पुरा पढ्नुहोस

प्रदेश ४ को सभामुखमा पर्वतका अधिकारी पक्का

पोखरा, २८ माघ । प्रदेश नम्बर ४ को सभामुखमा पर्वतका नेत्र अधिकारी चयन हुने पक्का भएका छन् । नेकपा माओवादी केन्द्र ४ नं प्रदेसको बैठकले सभामुखमा पर्वतवाट प्रदेससभामा निर्वाचित नेत्रनाथ अधिकारी हिमाललाई सिफारिस गर्ने निर्णय गरेको हो । बाम गठबन्धनबाट प्रदेश सरकार गठन हुने निश्चित भएको प्रदेश नम्बर ४ मा... पुरा पढ्नुहोस

यि हुन् यू–१२ फुटबल नेपाली टोलीमा छनौट भएका म्याग्दीका अनुपम

यू–१२ अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको लागि म्याग्दीका अनुपन श्रेष्ठ छनौट भएका छन् । श्रेष्ठले जापानमा हुने कोपा पुमा टोरेरस फुटवल प्रतियोगितामा सहभागिता जनाउने छन्। आगामी चैत्रमा हुने उक्त प्रतियोगिताको लागि गरिएको विभिन्न छनौट चरण पार गर्दै उत्कृष्ट ३० जनाभित्र परेका श्रेष्ठले गत साता भएको अन्तिम छनौटबाट समेत नेपाली टोलीमा आफ्नो स्थान... पुरा पढ्नुहोस

शिवको नृत्य अवतारः

  म्याग्दी, २७ माघ । बेनी नगरपालिका ९ गलेश्वरमा ९ रोपनी विशाल चक्रशिलामाथि रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भगवान शिवको नृत्य अवतार राखिएको छ । १०८ शिवलिङ्ग रहेको ठाउँमा शिवको नृत्य अवतार राखिएको हो । सो नृत्य अवतार करिव ५ लाख रुपैयाँ बराबर खर्चमा निर्माण गरिएको क्षेत्रकिकास कोषले जानकारी दिएको छ... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहोर हटाउने तयारी

म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउने तयारी गरिएको छ । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि फ्याँक्दै आएको फोहोरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । आधार शिविरमा... पुरा पढ्नुहोस

उत्पादन मिति नराखीकन चाउमीन बिक्री

बेनी २४ माघ । म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहिन विद्याथीको लागि पुस्तकालय स्थापना गरिने

म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु उपलब्ध नभएकाले उनीहरुको लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । क्याम्पसमा अहिले विएड दोस्रो बर्षमा दृष्टिविहिन गोपाल खत्री र... पुरा पढ्नुहोस