विशेष

महारानीथानमा स¥यो माउण्ट एभरेष्ट आवसिय मावि : राष्ट्रिय प्रतियोगितामा छनोट भएका ६ खेलाडीलाई सम्मान

म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीको शिक्षामार्ग र हिलसाईडबाट संचालन भएको माउण्ट एभरेष्ट आवसिय विद्यालय आजदेखि सदरमुकाम बेनी नजिक माहारानीथानस्थित नवनिर्भित भवनमा सरेको छ । नयाँ ब्यवस्थापनसहित स्वच्छ र खुल्ला वातावरणमा निर्माण गरिएको भौतिक संरचनामा पठनपाठन सुरु गर्न विद्यालय सारिएको हो । पठनपाठन सुरु गर्ने नवनिर्भित भवनलाई जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस

काँग्रेस सभापति देउवाद्धारा मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास

सन्तोष गौतम मोहनचोक २७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार जलजला गाउँपालिका ४ मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास गर्नुभएको छ । मल्लाजका अगुवा स्वर्गीय मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काँग्रेस जलजला गाउँपालिकाले निर्माण गर्न लागेको भवनको सभापति देउवाले एक समारोहका बीच शिलन्यास गर्नुभएको हो । भवन निर्माणका लागि मल्लका... पुरा पढ्नुहोस

बसन्त, रबि र जुना श्रीसको ‘जाम सुस्तै’ चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी, २७ फागुन । नेपाली साँगेतिक बजारमा यसै साता सार्वजनिक भएको मौलिक लोकदोहोरी भाका ‘जाम सुस्तै’ले चर्चा बटुलेको छ । मायाँ प्रेममा आधारित मौलिक भाका र रोचक म्युजिक भिडियो सहित बजारमा ल्याईएको सो गीत अहिले आम नेपालीको जनजिब्रोमा बसेको छ । https://www.youtube.com/watch?v=HIAbtKaWmIU गीत सार्वजनिक भएको छोटो समयमै लाखौँ भ्युज पाएको... पुरा पढ्नुहोस

अदालतमा पेशी सर्दा सेवाग्राहीलाई सकस !

म्याग्दी, २६ फागुन । जिल्ला अदालत म्याग्दीमा मंसीर २१ गते मंगलवारको दिन ६ वटा मुद्धाको पेशी थियो । तर मुद्दाको अन्तिम निर्णय गर्ने अधिकार प्राप्त न्यायाधीश अनुपस्थित भएपछि कुनैपनि मुद्धामा वहश नै सुरु नभईकन पेशी सरेको छ । मंगलवार जिल्ला अदालतको पेशीमा जबरजस्ती करणी, गाइ गोरु मारेको, पालन पोषण खर्च... पुरा पढ्नुहोस

पाँच वटा सहकारी संस्थाको एकिकरण

सन्ताेष गाैतम दरवाङ २६ फागुन । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु आइतबार एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच एकिकरण भएको हो । दरबाङमा भएको एकिकृत साधारणसभाबाट... पुरा पढ्नुहोस

कैदी बन्दीहरु सिपमुलक काममा ब्यस्त

  म्याग्दी, २६ फागुन। कानुनी सजाय भोगेर जिल्ला कारागारमा थुनिएका कैदीहरुको दैनिकी सिपमुलक काममा ब्यस्त बनेको छन । कानुनी सजाय भोगेर जिल्ला कारागार म्याग्दीमा थुनिएका ९१ कैदीहरु मुडा तथा सोफा बुनेर दैनिकी ब्यस्त बनाएका हुन् । जिल्ला कारागारमा ८४ जना पुरुष, ७ जना महिला रहेका छन् । जवरजस्ती करणी, कतव्र्यज्यान,... पुरा पढ्नुहोस

कांग्रेस नेता देउवा र पौडेलले मारे तातोपानीमा डुबुल्की

म्याग्दी, २५ फागुन । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्नान गर्नुभएको छ । म्याग्दी, बागलुङ र पर्वतमा पार्टीको कामको शिलसिलामा आउनुभएका नेताद्धयले शनिवरा म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको हो । हेलिकप्टरमार्फत म्याग्दी... पुरा पढ्नुहोस

बेनीमा काँग्रेसको शक्ति पर्दशन , सभापती देउवा सहित शिर्ष नेता बेनीमा

बेनी, २५ फागुन । नेपाली काँग्रेस म्याग्दीले बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका नेता ताथ कार्यकर्ताहरुको सहभागतिा रहेको छ । नेपाली काँग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

काँग्रेस सभापती देउवा सहित शिर्ष नेता म्याग्दीमा, तातोपानी कुण्डको अवलोकन

बेनी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु शनिवार म्याग्दी आउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आम सभालाई सम्बोधन गर्नको लागि पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र... पुरा पढ्नुहोस

शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?

म्याग्दी, २५ फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जाने समस्याले सास्ती दिएको गुनासो गरेका हुन् ।... पुरा पढ्नुहोस