विशेष

धौलागिरीको र मंगला गाउँपालीकाको प्रथम गाउँसभा सम्पन्न

बेनी, ३० असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालीकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो । मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैया बजेट बिनियोजन भएको... पुरा पढ्नुहोस

बाढी, पहिरो र नदी कटानबाट सतर्क रहनुस : प्रशासन

म्याग्दी,२९ असार । मनसुनको समय सुरु भएपछि सम्भावित बाढी पहिरोको जोखिममा रहेका बासिन्दाहरुलाई सतर्क भएर बस्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ । नदीको तटिय क्षेत्र, खोलानालाको छेउछाउ र भिरपहराको नजीक रहेका बस्तीहरुमा जुनसुकै समयमा पनि बर्षाको कारण बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति निम्तन सक्ने भएकाले सर्वसाधारणलाई सचेत भएर... पुरा पढ्नुहोस

आर्थिक मसान्त सकिनै लाग्दा एलडीओ र ईन्जिनियरले किन छाडे जिल्ला !

मयग्दी, २९ असार । आर्थिक बर्षको अन्तिममा एक आयोजनामा भुक्तानी बिवाद हुँदा स्थानीय विकास अधिकारी (एलडिओ) प्रेमराज गिरी र जिल्ला इञ्जिनियर रविन महर्जनले जिल्ला छोडेर मन्त्रालय जानुभएको छ ।जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङ्गे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा ठेकेदार हिमदुङग एण्ड ठोकर... पुरा पढ्नुहोस

थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा

मुस्ताङ,२६असार । मुस्ताङको टुकुचेमा निर्माणधिन १३.६ मेगावार्ड बिद्युत प्रशारण क्षमताको थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।आयोजनाले श्रावणको अन्तिम साता देखि प्रशारण सेवा सुरु गर्ने लक्ष लिएर काम गरिरहेको हो ।यही श्रावणको १५ गते बिद्युत परिक्षण प्रसारण सुरु गर्ने योजना छ । करिव ७ मिटर पेनस्टप पाईप जोड्ने... पुरा पढ्नुहोस

भेडापालक कृषकहरुका लागि रु ७० लाख परिचालन (फोटो सहित)

म्याग्दी, २५ असार । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले कालिगण्डकी क्षेत्रका भेडापालक कृषकहरुको लागि चालु आर्थिक बर्षमा रु ७० लाख बजेट परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालय मार्फत प्राप्त कार्यक्रम अन्र्तगत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजिवि नियन्त्रणको लागि पोखरी निर्माण, उन संकलन तथा विक्रि केन्द्र स्थापना, प्रजनन्योग्य... पुरा पढ्नुहोस

धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम

बेनी : मुक्तिनाथ मन्दिरको प्रवेशद्धार मानिने म्याग्दीको मुख्य धार्मिकस्थल गलेश्वरधाम धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ । स्वदेश तथा विदेशबाट बर्सेनि हजारौं धार्मिक पर्यटक आउन थालेपछि गलेश्वरधाम धार्मिक पर्यटनको 'हब' बन्दै गएको हो ।बेनीबजारभन्दा तीन किलोमिटर उत्तरमा पर्ने गलेश्वरधाम पवित्र गंगा कालीगण्डकी तटमा रहेको विशाल चक्रशीलामाथि अवस्थित छ । गलेश्वर... पुरा पढ्नुहोस

भिरकाटेमा सडक मर्मत गरेपछि बेनी–जोमसोम सडकमा सिधा सवारी सुचारु

म्याग्दी, २४ असार । तीनदिनदेखि अबरुद्ध बनेको बेनी –जोमसोम सडकखण्डमा शनिवार साँझदेखि सिधा सवारी सुचारु बनेको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेमा कालीगण्डकी नदीले सडक बगाएको स्थानमा अस्थायी संरचना निर्माण गरि यातायात सुचारु गराईएको हो । कालिगण्डकीले बगाएको करिब २०... पुरा पढ्नुहोस

अटेर गर्दै फोहोर फाल्छन् धौलागिरी आधार शिविरमा पर्यटक लैजाने पथपदर्शक (फोटो कथा)

म्याग्दी, २४ असार । वरीपरि हिमालले घेरिएको धौलागिरी आधार शिविरमा फोहोर बढेपछि पर्यटकहरु समेत समस्यामा परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर व्यवस्थापन हुन नसक्दा आधार शिविर क्षेत्र प्रदुषणको चपेटामा परिरहेको छ । बर्षौदेखि थुप्रिएको फोहोर हटाउन पहल... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको भीरकाटेमा कालिगण्डकीले सडक बगाएपछि….(फोटो फिचर)

म्याग्दी, २३ असार । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अबरुद्ध बनेको छ । अविरल बर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च भएपछि तीनबर्ष अघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मिटर सडक बगाएपछि बेनी–जोमसोम सडकमा... पुरा पढ्नुहोस

पत्रकार गौतम पुरस्कृत

  म्याग्दी,२३ असार । म्याग्दीका पत्रकार सन्तोष गौतम शुक्रबार काठमाडौमा पुरस्कृत भएका छन् । कृषि सूचना तथा सञ्चार केन्द्रको स्वर्णजयन्तीको अवसरमा गौतम लगायत देशभरका १७ जना पत्रकार तथा सञ्चार माध्यमलाई पुरस्कृत गरिएको हो । पश्चिमाञ्चल विकास क्षेत्रबाट रेडियो पत्रकारीता मार्फत कृषि प्रबिधिको प्रचारप्रसारमा योगदान गरेवापत बेनीको म्याग्दीकाली एफ एमका बरिष्ठ... पुरा पढ्नुहोस