म्याग्दी समाचार

लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु ( भिडियो सहित)

म्याग्दी ३ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न सम्भाव्यता अध्ययन गर्न भुगर्वबिद् र प्राबिधिक टोली परिचालन भएको छ... पुरा पढ्नुहोस

गलेश्वरको बेलब्रिज नजिकै सडक भासीयो

सन्तोष गौतम /   गलेश्वर ३ असार । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बेनी नगरपालीका ९ र रघुगंगा गाउँपालीका ३ को सिमाना गलेश्वर स्थित बेलीब्रिज नजिकै सडक भासीएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्यावियन पर्खाल र रिटेनीङ वाल... पुरा पढ्नुहोस

विकास निर्माणमा हुने नितीगत र प्रक्रियागत ढिलासुस्ती हटाउन माग

बेनी ३ असार । निर्माण ब्यवसायी संघ म्याग्दीले विकास निर्माणमा हुने नितीगत र प्रक्रियागत ढिलासुस्ती हटाउन माग गरेको छ । सरकारी निकायको नितीगत र नियतबस हुने ढिलासुस्ती हटाउन माग गर्दै संघले आईतबार प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघका अध्यक्ष नारायण जिसीको नेतृत्वमा प्रशासनमा पुगेको टोलीले प्रजिअ लिलाधर अधिकारीलाई... पुरा पढ्नुहोस

मल्लाजका जनप्रतिनिधिको नमुना काम

मल्लाज, ३ असार । पर्वतको जलजला गाउँपालीका वडा न. ३ का जनप्रतिनिधिले आफ्नो सुबिधाका लागि बिनियोजन भएको बजेट सर्वसाधारणलाई फाईदा पुग्ने योजनामा लगानी गरेका छन् । गाउँपालीकाले वडाका अध्यक्षका लागि मोटरसाईकल खरिद गर्न बिनियोजन गरेको बजेट जनप्रतिनिधिहरुले मल्लाजमा खानेपानी विस्तार योजनाका लागि उपलब्ध गराएका हुन् । वडा अध्यक्ष देवेन्द्र भण्डारी... पुरा पढ्नुहोस

नगर शिक्षा निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

म्याग्दी, २ असार ।  ‘हामी सबैको इच्छा, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारासहित नगर शिक्षा योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा शिक्षाको योजना निर्माणका विषयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विकासको पहिलो... पुरा पढ्नुहोस

महिलासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम

म्याग्दी, २ असार । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ४ पोखराको आयोजनामा शनिबार म्याग्दीको बेनीमा महिलासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका महिला जनप्रतिनिधि र महिला सहकारीकर्मीलाई महिलासम्बन्धी विभिन्न विषयमा जानकारी गराउनका लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिकास्तरमा महिलासँग सम्बन्धित... पुरा पढ्नुहोस

दुवै मृगौला खराव भएपछि अस्पतालको शैयाबाट सहयोगको याचना

म्याग्दी, ३ असार । रुमानी कल्पना र शैलानी रहरहरु मनभरी संगाली कलेज पढ्ने र सुखद भविष्यको कल्पनामा रमाउने उमेरकी एक युवती दुवै मृगौला खराब भएपछि आँखाबाट बलिनधारा आँशु झार्दै अस्पतालको शैयामा छट्पटाई आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ गौश्वाराकी २०... पुरा पढ्नुहोस

नेकपाद्धारा मौवाफाँटमा अगुवा कार्यकर्ता भेला

म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिवार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको... पुरा पढ्नुहोस

बेनी अस्पतालको अपादर्शीता !

म्याग्दी, २ असार । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शुल्कमा अनियमितता हुने गरेको छ । विभिन्न शिक्षालयहरुबाट आउने विद्यार्थीहरुले बुझाउने शुल्कको अभिलेख नै नराख्ने र लुकाउने गरी कर्मचारीहरुले दुरुपयोग गरेका हुन् । अस्पतालमा अहिले बर्षेनी सयौँको संख्यामा हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका स्तरिय हाजिरी जवाफ कार्यक्रम

सन्दीप खत्री युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि स्थापित म्याग्दी जेसीजको गाउँ केन्द्रीत कार्यक्रमले तिव्रता पाउन थालेको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमा जेसीजले विविध कार्यक्रम गर्ने योजना अन्तर्गत शुक्रबार अन्नपूर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय हाजिरी जफाव प्रतियोगिता सम्पन्न गरेको शाखा अध्यक्ष कमल विश्वकर्माले बताएका छन् । म्याग्दी जेसीजले... पुरा पढ्नुहोस