म्याग्दी समाचार
जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा
- 6 बर्ष, 10 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले... पुरा पढ्नुहोस
दग्नाम–चिमखोला जोड्ने सडकमा मन्त्री थापाको पहलमा रु २ करोड बजेट
- 6 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
म्याग्दी, २७ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नम्बर ७ चिमखोला जोड्ने सडक निर्माणमा रु २ करोड बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममायाँ थापाको बिशेष पहलमा सो सडकको ट्याक निर्माणको लागि २ खण्डमा गरि सो बजेट विनियोजन भएको हो । अहिले... पुरा पढ्नुहोस
महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी
- 6 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
म्याग्दी,२७ मंसिर। जिल्लाको ग्रामिण भेगका महिला अझैपनि चुलोचौकोमै सिमीत छन् । घरखर्च चलाउन र बालबच्चाको पढाई खर्चको जोह गर्न पुरुषको मात्रै भर पर्नुपर्ने अधिकाँश महिलाहरुको तितो यथार्थ हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले भने मेहनत, परिश्रम र संघर्ष गर्न सक्यो भने महिलाहरुपनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण... पुरा पढ्नुहोस
दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण गरिने
- 6 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
बेनी २७ मङसिर / डेढ वर्षअघिको पहिरोले विद्युतगृह पुरीएपछि बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ स्थित दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण हुने भएको छ ।धवलागिरी गाउँपालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले परियोजना पुनःनिर्माण गरेर म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित लुलाङमा विद्युत सुबिधा सूचारु गराउन लागेका हुन् ।... पुरा पढ्नुहोस
कुहुँमा हेलीप्याड निर्माण
- 6 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
बेनी २७ मङसिर । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार कुहुँको महभिरमा हेलीप्याड निमाण गरिएको हो । वडा कार्यालयको सिफारीस अनुसार बुधबार कुहुँ पुगेका शसस्त्र प्रहरी नायव उपरिक्षक अनिल कार्की, मंगला गाउँपालिकाका... पुरा पढ्नुहोस
सुरेशको उपचारमा करिब ४२ हजार सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
बेनी २७ मङसिर । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि कतारबाट करिब ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका २ बाबियाचौरका मिमबहादुर दगामीको पहलमा कतारको नेभिकेशन कम्पनीमा कार्यरत नेपालीहरुले ४१ हजार ८०० रुपैयाँ सहयोग गरेका हुन् ।कतारबाट पठाएको रकम बुधबार सुरेशका बुवा... पुरा पढ्नुहोस
रघुगंगा नदीले भवन बगाएपछि रितुङ्ग माविका विद्यार्थी त्रिपालमुनी बसेर बढ्न बाध्य (फाेटाे फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
म्याग्दी २६ मंङ्सिर । नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगंगा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्यांग्रीने गर्छन् । रमाई रमाई स्कुलमा पढ्नुपर्ने समय उनीहरुको लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाई हो यो । गत भदौ... पुरा पढ्नुहोस
वन्यजन्तुको मासु र पासोसहित एक पक्राउ
- 6 बर्ष, 11 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
बेनी : मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको छोङगुस्थित जंगलबाट वन्यजन्तुको मासु र पासोसहित एक शिकारी पक्राउ परेका छन्। प्रहरीले जंगली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट साढे दुई किलो वन्यजन्तुको मासु समेत बरामद गगरेको छ। दुईजना प्रहरी र १० जना स्थानीयबासीसहित गस्तीमा... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै (भिडियाे सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
म्याग्दी, २६ मङ्सिर । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना गरिएको हो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2024731824241708/?eid=ARA6bHLNGsB-hLzkryLin8bx10nWudzYm3GdTshTSmf5Wl5rPSrj-7T7XMagpYKk5pFaWLGE2OJ6ZScG पौस १४ गतेबाट... पुरा पढ्नुहोस
आदीवासीहरुको चाडपर्वमा बिदा कटौती नगर्न माग
- 6 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
बेनी २५ मङसिर । तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति म्याग्दीले आदीवासी जनजातीहरुले मनाउन मौलीक चाडपर्वमा दिइदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउदै गुरुङ समुदायले मनाउने तमू ल्होसार... पुरा पढ्नुहोस