म्याग्दी समाचार

न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा तथा भवन उद्घाटन

साधन राम्जली पुस २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो । साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष... पुरा पढ्नुहोस

नारी जागृति सहकारीको अध्यक्षमा बानियाँ

प्रताप बानियाँ म्याग्दी, २८ पुस । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिना बानियाँ निर्वाचित भएकी छिन् । ‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न १९औं साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा देवी आचार्य, सचिवमा... पुरा पढ्नुहोस

बेनी सामुदायिक माविमा १०० टोलीद्धारा भ्रमण

कर्णबहादुर खत्री म्याग्दी २८ पुस । म्याग्दी सदरमुकाम बेनीबजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शनिबार १ सयौं टोलीले शैक्षिक अवलोकन भ्रमण गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट शैक्षिक सत्र २०६९ मा विद्यालयलाई राष्ट्रकै सर्वोकृष्ट घोषणा भएपछि विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनको लागि भ्रमण आउन थालिएको हो । ५ वर्षको अवधिमा... पुरा पढ्नुहोस

टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

बेनी २८ पुष । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ ।रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका... पुरा पढ्नुहोस

ज्योति युवा क्लव नयाँ कार्यसमिति गठन

  डडुवा/म्याग्दी २८ पुष । बेनी नगरपालिका ५ डडुवामा शनिबार भएको भेलाले दिनेश कार्कीको अध्यक्षतामा ज्योति युवा क्लवको कार्यसमिति पुर्नःगठन गरेको छ ।क्लवको उपाध्यक्षमा मनिष केसी, सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा सुजता खत्री र सहचिवमा उदय सुन्दास रहेका छन् । यसैगरी सदस्यहरुमा रक्षा थापा, पारस भण्डारी, अप्सन गोतामे, डेकबहादुर पाइजा, चन्द्र... पुरा पढ्नुहोस

रेडक्रसको बेनी उपशाखाको अधिवेशन

बेनी २८ पुष । नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखाको १६ औ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । उपशाखाका सभापति राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सचिव मुक्ति ढुङ्गानाको सञ्चालन र निवर्तमान सभापति बिनोदकुमार श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक समाज म्याग्दी शाखाका अध्यक्ष तथा रेडक्रसका आजिवन सदस्य नैनकुमार श्रेष्ठ... पुरा पढ्नुहोस

आवास पुननिर्माणलाई गति दिन स्थानीय तह र प्राधिकरण विच समझदारी–पत्रमा हस्ताक्षर

बेनी, २८ पुस । म्याग्दीमा  आवास पुननिर्माणलाई गति दिनलाई स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरिएको छ । जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई र... पुरा पढ्नुहोस

बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्न सरोकारवालाहरुको माग

म्याग्दी, २८ पुस । कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको छ ।... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण, नेपालकै पहिलो सबै वडा हेलीप्याडयुक्त गाउँपालिका

  म्याग्दी २७ पुस ।  म्याग्दीको मालिका गाउँपालिकामा ‘एक वडा एक हेलीप्याड’ निर्माण भएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर ४ ओखरबोटमा हेलीप्याड निर्माण भएपछि गाउँपालिकाको ७ वटै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण गर्ने काम सकिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको वडा नम्बर १... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रभा मावि बिजयी

बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कबड्डीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल... पुरा पढ्नुहोस