बाढीले क्षति पुर्याएपछि बन्द भएको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु
- ९ फाल्गुन २०७५, बिहीबार
- 1755 पटक पढिएको
म्याग्दी, ९ फागुन : बाढीले बाँध, सुरुङ र उपकरणमा क्षति पुर्याएपछि बन्द भएको १३.५ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु भएको छ। मुस्ताङको थासाङ गाउँपालिका १ टुकेचेको झिरुङ स्थित आयोजनाको बाँध, सुरुङ र इलेक्ट्रिक उपकरणमा गत साउन २६ गतेको बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको थियो। 
माउन्ट कैलाश इजर्नी प्रा.लीले दुई अर्ब ५६ करोड रुपैयाँको लागतमा निर्माण गरेको आयोजनाले २०७४ मंसिरदेखि व्यवसायिक उत्पादन सुरु गरेको थियो।सुरुङको सरसफाई र उपकरण मर्मत गरिएको छ। टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको १ हजार ८ सय ३३ मिटर सुरुङ र ७५० लामो पाइप मार्फत पानीलाई टर्वाइनमा खसालिएको छ।
बेनी–जोमसोम सडकको टुकुचे खण्डभन्दा करिब पाँच सय मिटर भित्र आयोजनाको विद्युतगृह छ। आयोजना निर्माण स्थल भौगोलिक रुपमा बिकट क्षेत्रमा अवस्थित छ।आयोजनाले उत्पादीत विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र २ वटा सबस्टेसन बनाएको छ। कोवाङ र दानामा सबस्टेसन बनाएको व्यवस्थापक खड्काले बताए।