म्याग्दी समाचार

सडकको मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन सांसद केसीको माग

बेनी, १५ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देखि बेनी सम्मको सडक पर्वत अथवा... पुरा पढ्नुहोस

छन्त्याल समुदायको पुटपुरो संस्कृति लोप हुँदै (भिडियो सहित)

म्याग्दी, १५ माघ । छन्त्याल समुदायको मौलिक संस्कृति ‘पुटपुरो’ लोप हुँदै गएको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसक्दा मौलिक संस्कृतिको रुपमा रहेको ‘पुटपुरो’ नाच हराउन थालेको हो । छन्त्याल समुदायमा हरेक घरमा जेठो छोराको जन्म हुँदा ‘पुटपुरो’नाच र छोरीहरुको जन्म हुँदा गुनिउँचोली गर्ने चलन रहेको छ । जेठो... पुरा पढ्नुहोस

चौरासी पूजामा गरिएको तुलादानको रकम विद्यालयलाई सहयोग

थम्मन थापा बागलुङ माघ १४ । गलकोट नगरपालिका ७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका नाती युवा उद्यमी तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलविर थापाले उक्त रकम सोही ठाउँको प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५ सय... पुरा पढ्नुहोस

हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित बेनीमा र्‍याली

बेनी १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको हिन्दु राज्य पुनःस्थापनाका लागि जनजागरण अभियान अन्तरगत सोमबार बेनीमा र्‍याली गरिएको छ । र्‍यालीपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले जनताको सुझाव, अपेक्षा र भावना विपरित केही नेताहरु डलर र पश्चिमी मुलुकको प्रभावमा परेर संबिधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र... पुरा पढ्नुहोस

रघुगंगामा बालविकासदेखि नै शैक्षिक गुणस्तर सुधारको पहल

म्याग्दी, १४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविकास देखि नै शैक्षिक गुणस्तर सुधारमा पहल थालेको छ । गाउँपालिकाभित्र रहेका ३५ वटै बालविकास केन्द्रमा उपयुक्त शैक्षिक वातावरण तयार गर्दै गुणस्तरीय शिकाईलाई अबलम्बन गर्नको लागी गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको... पुरा पढ्नुहोस

हिमपातले अस्थायी टहरा भत्काएपछि पठनपाठन प्रभावित

म्याग्दी १४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा नदी कटानले विद्यालय भवन बगाएपछि टहरामुनी बसेर अध्ययन गर्दै आएका विद्यार्थीहरु हिमपातले टहरा भत्काएपछि समस्यामा परेका छन् । निरन्तरको हिमपातले विद्यालय परिसरमा बनाईएका अस्थायी टहरा भत्काएपछि १ देखि ६ सम्मका बालबालिकाहरुलाई राखेर पठनपाठन गराउने ठाउँको अभाब भएको हो... पुरा पढ्नुहोस

घुमाउनेतालमा ब्यवसायिक कुखरापालन

म्याग्दी, १४ माघ । स्वदेश तथा विदेशमा सिकेकोे सिप र आम्दानीलाई प्रयोग गर्दै ब्यवसायतर्फ लगानी गर्ने युवाहरुको संख्या म्याग्दीमा बढेको छ । जिल्लाको रघुगंगा गााउँपालिका– ३ रानीपौवाका प्रेमबहादुर चन्दले घुमाउनेतालमा ब्यवसायिक कुखुरा पालन सुरु गरेका छन् । ३३ बर्षका चन्दले २५ लाख भन्दा बढी लगानी गरि पोल्टीफर्म ब्यवसाय सुरु गरेको... पुरा पढ्नुहोस

मल्कबाङमा एकै घरका छ भाई भलिबल खेल्न मैदान उत्रिएपछि …….

म्याग्दी, १४ माघ । सुन्दा अचम्म लाग्न सक्छ ! भलिबल खेलको एक टिममा एकै घरका छ दाजुभाई खेलेको सुन्दा । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङमा एकै घरका दाजु भाई भलिबल प्रतियोगितामा मैदान उत्रिएका छन् । हालै आयोजित दरखोला मेलामा मल्कबाङका थर्कमान र टुकमायाँ छन्त्याल दम्पतीका ६ भाई छोराहरुले भलिबल प्रतियोगितामा... पुरा पढ्नुहोस

ओडार भत्कँदा २ गोठालासहित २ सय भेडाबाख्रा पुरिए

धादिङ । हिमपहिरोले ओडार भत्कँदा दुई गोठालासहित झन्डै दुई सय भेँडाबाख्रा पुरिएका छन्। जिल्लाको उत्तरी क्षेत्र रुवीभ्याली ४ हिन्दुङमा आइतबार बिहान ओडार भत्किएको हो । बिहीबारदेखि परेको भारी हिमपातले गोठ पुरेपछि ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङले नजिकैको ओडारमा शरण लिएका थिए। उनीहरु सुतेकै अवस्थामा... पुरा पढ्नुहोस

पर्यटकीय रुइसेमा १२ बर्षपछिको हिमपातमा पर्यटकहरुको चहलपहल (फोटो कथा)

म्याग्दी, १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे क्षेत्रमा हिउँमा खेल्नको लागि पर्यटकहरुको चहलपहल बढेको छ । शनिवार विगत १२ बर्ष यताकै भारी हिमपात भएपछि यस क्षेत्रमा हिउँमा खेल्नको लागि पिप्ले, भगवती, बेग,मौवाफाँट, कलजाबाङ संगै सदरमुकाम बेनीबाट समेत पर्यटकहरु पुगेका हुन् । नेपाल सरकारको नयाँ पर्यटकीय गन्तव्यको... पुरा पढ्नुहोस