म्याग्दी समाचार

मतदाता धन्यबाद दिन नेता गाउँ–गाउँमा

म्याग्दी, १० जेठ । नेपाली काँग्रेसले भकिम्ली, निस्कोट र कुईनेमँगलेमा मतदातालाई धन्यबाद दिन घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्रममा निर्वाचिन पदाधिकारीहरुलाई स्थानीय मतदाताले भव्य स्वागत गरेका छन् । बेनीनगरपालिका–३ भकिम्लीमा नगरप्रमुख हरिकुमार श्रेष्ठ, निस्कोटमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका र कुइनेमँगलेमा रघुगंगा गाउँपालिका प्रमुख भब बहादुर भण्डारीको नेतृत्वमा... पुरा पढ्नुहोस

गरिमा बैँकले चार विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

म्याग्दी, १० जेठ । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षक मार्फत अभिभावकहरुमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका– ३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मँगला गाउँपालिकाको मंगला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा... पुरा पढ्नुहोस

म्याग्दी उद्धार समिति बहराईद्धारा राहत वितरण

मनमा बहराईन । म्याग्दी उद्धार समिति बहराईन ले बहराईन स्थित एक कम्पनी मा आन्तरिक समस्यामा परेका  कामदार लाई राहत बितरण गरेको छ। बहराईन को अल अक्कर र हजियत लेबर क्याम मा संस्थाका अध्यक्ष तेजेन्द्र थापा, संरक्षक गोरख राम्जाली, प्रमुख सल्लाहकार लाल प्रसाद पुन, सल्लाहकार भरत रत्न सल्लाहकार लेखत छन्त्याल, उपाध्यक्ष... पुरा पढ्नुहोस

मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु

म्याग्दी, १० जेठ । व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो । जिल्ला समन्वय समिति,... पुरा पढ्नुहोस

दाना क्षेत्रमा निशूल्क सिम वितरण

म्याग्दी, ९ जेठ । नेपाल टेलीकम म्याग्दी शाखाले दाना क्षेत्रका बासिन्दालाई निशूल्क सिमकार्ड वितरण गरेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानामा गत आईतबारदेखि मोवाईल टावर सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको टेलीकमले स्थानीय बासिन्दालाई निशूल्क सिम वितरण गरेको हो । आईतबार र सोमबार दानामा घुम्ती टोली मार्फत ५५० थान सिमकार्ड वितरण... पुरा पढ्नुहोस

धौलागिरि आरोहण गरि फर्कदै गरेका पथप्रदर्शक बेपत्ता

म्याग्दी, ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको... पुरा पढ्नुहोस

म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश

म्याग्दी,९ जेठ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुगेकी छन् ।   १८ वर्षिय दगामी त्रिकेल एण्ड मिटीङ पोईन्टले आयोजना गरेको दोस्रो संस्करणको लेटमी नृत्य प्रतियोगिताको अन्तिम ८ जना प्रतिस्पर्धीमा छनौटमा परेकी हुन् । हाल काठमाडौमा बस्दै आएकी बास्केटबलको राष्ट्रिय खेलाडी... पुरा पढ्नुहोस

दाजु गाउँपालीका र भाई वडा अध्यक्षमा निर्वाचित

म्याग्दी ९ बैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनबाट एकै घरका दुई दाजु भाई गाउँपालीका र वडाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका र उहाँका भाई कबिन्द्र वडा न. ३ को अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगला ३ सातबिसे निवासी रोकाद्धय नेकपा एमालेबाट उमेद्वार बन्नुभएको थियो ।... पुरा पढ्नुहोस

बेनीमा बुद्ध

म्याग्दी,८ जेठ ।मँगलाघाट नजिकैको बौद्ध चैत्य पुग्दा मनमा शान्ति मिल्छ । बुद्ध सामु उभिएर फलफूल चढाउँदा तन र मन दुबै प्रसन्नता छाउँछ । इतिहास, प्रकृति र सँस्कृतिको त्रिबेणीधाम हो म्याग्दीको बेनी बजार । त्यहाँ मान्छेको मन अड्याउने धेरै चिजबिज छन् । त्यस्तै एउटा पवित्र सम्पदा हो–बौद्ध चैत्य । बजारबाट एक... पुरा पढ्नुहोस

हिमालयन प्रोजेक्ट संस्थाद्धारा अन्नपुर्ण प्राविको भवनलाई ५ लाख सहयोग

म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउपालिका ३ मा रहेको अन्नपुर्ण प्राथमिक विद्यालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्ट बेल्जियमद्धारा ५ लाख सहयोग गरेको छ । भुकम्पले क्षेतिग्रस्त विधालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्टले ५ लाख सहयोग गरेको हो । गतबर्ष विद्यालयका भुतपुर्व विद्यार्थी राजु गिरिको पहलमा भुकम्प क्षेतिग्रस्त भएको विद्यालयको... पुरा पढ्नुहोस