धौलागिरि आरोहण गरि फर्कदै गरेका पथप्रदर्शक बेपत्ता

  • ९ जेष्ठ २०७४, मंगलवार
  • 2219 पटक पढिएको

म्याग्दी, ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । हिमालयन एक्सपेडिसनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रूपमा शेर्पा धौलागिरिमा जानुभएको थियो । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताउनुभयो ।