मुलुक

वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित

११ असोज, वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस

जब मन्त्री बस्नेत अब्यवस्थित तार काट्न आफै विजुलीको पोल चढे

तत्कालिन मन्त्री गोकर्ण विष्टले विजुलीको पैसा नतिर्ने संस्थाको विद्युत काट्न आफ्नै पोल चढेर चर्चा बटुलेका थिए । विष्टको त्यो कदमको सबैतिर चर्चा मात्रै भएन, राजनीतिमा अहिले पनि जस लिइरहेका छन् । सरकारी संस्थालाई पैसा नतिर्ने, कर छली गर्नेदेखि धेरै क्षेत्र अहिले पनि ब्यवस्थित हुन सकिरहेको छैन । आइतबार मात्रै सूचना... पुरा पढ्नुहोस

जनप्रगतिशिल मञ्च ओमन द्वारा नेपालको बाढीपीडित र मिर्गौला पीडितलाई सहयोग

ओमन /  जनप्रगतिशिल मञ्च ओमनको दोस्रो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष उमेश विश्वकर्मा अध्यक्षयतामा मस्कट्को रुसेल गार्डन्मा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपालको बाढीपीडितलाई २०० ओमननी रियल ५०,०००।- हजार नेपाली रुपैया पार्टी कार्यलय मार्फत सहयोग गर्ने र मिर्गौला पीडित जेकु तामाङलाई ५० रियल १२,०००।- हजार... पुरा पढ्नुहोस

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ निर्वाचित

काठमाडौं, भदौ १७ ।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् । शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् । अहिले विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भए ।... पुरा पढ्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण

१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।... पुरा पढ्नुहोस

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित

६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले... पुरा पढ्नुहोस

पत्रकारलाई चुनावले छोप्यो, यस्तो छ निर्वाचन कार्यतालिका

३ भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ ।... पुरा पढ्नुहोस

प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन् । बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री... पुरा पढ्नुहोस

दलित प्राथमिक बिधालयलाई डेक्स बेन्च हस्तान्तरण

साउन ३०-पर्सा ।पर्सा  जिल्ला महुवन ७ को स्थानिय दलित प्राथमिक बिद्यालयमा सरकार अनि स्थानिय निकाय को बेवास्ता ले गर्दा २१ औं शताब्दीमामा पनि त्यहाँ का विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य विद्यार्थीहरुलाई समाजिक संजाल फेसबुकको माध्यम बाट सामाजिक अभियान्ताहरूले सहयोग संकलन गरि बिधालयलाई डेक्स बेन्च हस्तान्तरण गरेका छन् । म्याग्दी... पुरा पढ्नुहोस