खेलकुद
ऐशियन च्याम्पियनसिप कराँतेमा स्वर्णपदक विजेता निर्मललाई रघुगंगा गाउँपालीकाद्वारा सम्मान
- 6 बर्ष, 5 महिना अगाडि
- २३ पुष २०७५, सोमबार
म्याग्दी, २३ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकिय प्रमुख रमेश थापाले सयुक्त रुपमा नगद, दोषल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । स्वर्णपदक जितेर जिल्लामा आएका निर्मललाई सोमबार गाउँपालिकाको कार्यालयमा... पुरा पढ्नुहोस
कराँतेमा स्वर्णपदक विजेता निर्मललाई राखुमा वडा कार्यालय र आमासमुहद्वारा सम्मान
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुष । स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिका–२ राखु भगवतीको वडा कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र आमासमुहको उपस्थितमा सम्मानपत्रले सम्मान गरिएको छ। भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कटुवाललाई जन्मगाउँमा वडा कार्यालयले नगदसहित सम्मान गरेको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा... पुरा पढ्नुहोस
धवलागिरिमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २६ देखि २९ गतेसम्म शिवाङको हेम माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाको शिक्षा शाखाका संयोजक तथा स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले जानकारी दिनुभयो । विद्यालय... पुरा पढ्नुहोस
गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधी माउण्ट एभेरष्ट र टप्स पोखरालाई
- 6 बर्ष, 5 महिना अगाडि
- १८ पुष २०७५, बुधबार
म्याग्दी, १८ पुष । गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी छात्रतर्फ माउण्ट एभरेष्ट मावि बेनी र छात्रातर्फ टप्स मावि पोखराले जितेको छ । म्याग्दी बहुमुखी क्याम्पसको २८ औँ अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको मूल आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय भलिवल प्रतियोगितामा छात्रतर्फ माउण्ट एभरेष्ट मावि बेनीले धौलागिरि बहुमुखी क्याम्पस बागलुङलाई र छात्रातर्फ टप्स... पुरा पढ्नुहोस
बेनीमा मिनी म्याराथन, आर्य र करुणा भए बिजयी ( फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
म्याग्दी, १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा आईतवार अन्तर मावि स्तरीय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । लिटल गार्डेन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ८ किलोटिर दुरीको मिनी म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्री प्रथम हुन सफल भएका छन् । उनले २६ मिनेटमा दौड पुरा गरेका थिए... पुरा पढ्नुहोस
अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
- 6 बर्ष, 5 महिना अगाडि
- १५ पुष २०७५, आईतवार
बेनी १५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका... पुरा पढ्नुहोस
बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल सुरु (भिडियो सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
म्याग्दी, १४ पुस । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना सञ्चालन गरिएको हो । https://youtu.be/u1X0qy9fLuc शनिवारदेखि सुरु भएको पुरुष भलिबल... पुरा पढ्नुहोस
म्याग्दीका निर्मललाई साउथ एशियन च्याम्पियनसिप कराँतेको स्वर्णपदक
- 6 बर्ष, 5 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
म्याग्दी, ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसीले भारतमा भएको साउथ एसियन च्याम्पिपयनसिप करातेमा स्वर्णपदक जितेका छन् । करातेमा खुल्लातर्फबाट सहभागि भएर च्याम्पियनसिपको उपाधी जितेका हुन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सानदार खेल प्रर्दशन गर्दै स्वर्णपदक जितेका थिए । राष्ट्रियस्तरमा हुने... पुरा पढ्नुहोस
भारतमा हुने साउथ एशियन च्याम्पियनसिप कराँते प्रतिस्पर्धामा म्याग्दीका निर्मल
- 6 बर्ष, 5 महिना अगाडि
- ५ पुष २०७५, बिहीबार
म्याग्दी, ५ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसी भारतमा हुने साउथ एसियन च्याम्पिपयनसिप करातेमा खुल्लातर्फबाट सहभागि भएका छन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा निर्मलसंगै छ जना खेलाडी सहभागि भएका हुन् । राष्ट्रियस्तरमा हुने कराते प्रतियोगितामा सहभागि भएर्र धेरै उपाधी जितेका केसी... पुरा पढ्नुहोस
१७ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी (फोटोफिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
म्याग्दी, १५ मंसिर । म्याग्दी जेसिज आयोजनामा भएको १७ औँ अन्तर मावि जिल्ला स्तरीय हुवावे जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा प्रतिद्धन्दी केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ४ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले उपाधी जितेको हो । ... पुरा पढ्नुहोस