विशेष

जलजलामा उमेद्वारी दर्ता

बेनी, २० बैशाख । उत्तरी पर्वतको जलजला गाउँपालीकामा पनी मंगलबार राजनितिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गराएका छन् । ९ वटा वडा र १३ हजार जना मतदाता रहेको जलजला गाउँपालीको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दलका साथै स्वतन्त्र उमेद्वारहरुले... पुरा पढ्नुहोस

म्याग्दीको ६ ओटै केन्द्रमा उम्मेद्वारी दर्ता

म्याग्दी,१९ म्याग्दी । म्याग्दीको ६ वटा स्थानीय तहमा मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार म्याग्दीका एकनगरपालिका सहित ६ स्थानीय तहमा मनोनयन दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार... पुरा पढ्नुहोस

रघुगंगा गाउपालिकामा एमाले माओवादी तालमेलमा काग्रेस एक्लै उम्मेद्वारी दर्ता

म्याग्दी, १९ म्याग्दी। म्याग्दीको रघुंगंगा गाउँपालिकामा  मेयर र उप–मेयर पदको लागि राजनीतिक दलको तर्फबाट निर्वाचन कार्यालमा उम्मेद्वारी दर्ता  गराएको छ।  रघुगंगा गाउपालिकाको  मेयर र उप– मेयरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेल र नेपाली काग्रेसबाट उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाबाट मेयरमा एमालेका जिल्ला... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा काग्रेस–माओवादी र एमाले– राप्रपाको तालमेलमा उम्मेद्वारी दर्ता

म्याग्दी,१९ बैशाख । म्याग्दीको बेनी नगरपालिकाको  मेयर र उप–मेयर पदको लागि राजनीतिक दलबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ ।     बेनी नगरपालिकाको  मेयर र उप–मेयरमा  काग्रेस र माओवादी केन्द्र र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी तालमेलमा उम्मेद्वारी दर्ता  गराएका हुन् । नेपाली काग्रेस र माओवादी केन्द्रको तर्फबाट मेयरमा ... पुरा पढ्नुहोस

नेकपा एमालेबाट मेयरको उम्मेदवार प्रमोद श्रेष्ठ चयन

म्याग्दी, १९ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रेष्ठको नाम सोमबार मात्रै पार्टीले टुंगो लगाएको हो । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी... पुरा पढ्नुहोस

अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ

म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् ।    भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चार... पुरा पढ्नुहोस

बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने

म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु

म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ । धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने... पुरा पढ्नुहोस

म्याग्दीका दलहरु चुनाव प्रचारमा व्यस्त

म्याग्दी १६ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि म्याग्दीका उमेद्वारहरुले चुनाव प्रचार सुरु गरेका छन् ।     केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीका बाहेकका स्थानीय तह र वडाहरुमा विभिन्न पार्टीहरुबाट चयन भएका उमेद्वारहरुले आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो र जभेटघाट गर्न थालेका छन् ।  नेपाली... पुरा पढ्नुहोस

निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया

बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली... पुरा पढ्नुहोस