विशेष

खोला र कुलोको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हट्यो

तोराखेत ५ भदौ । म्याग्दीको मंगला गाउँपालीका २ मा निर्माण भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाई आयोजनाको सोमबार उद्घाटन गरिएको छ ।मंगला गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले आयोजनाको उद्घाटन गर्नुभएको हो । ब्रिटिस गोर्खा वेयलफेयरको १४ लाख ८४ हजार ३८९ र उपभोक्ताको नौ लाख चार हजार ९०६ रुपैया लगानीमा निर्माण भएको... पुरा पढ्नुहोस

विपद जनसेवा ब्युरो गठन सम्वन्धी अन्तक्रिया सम्पन्न

म्याग्दी, ५ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला देवीप्रकोप उद्वार समिति म्याग्दीले स्थानीय स्तरमा घटेका घटनालाई ब्यवस्थापन गर्ने उद्देश्यले विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथ क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले देशमा हुने... पुरा पढ्नुहोस

विपन्न परिवारकी पारमायाँको उपचारमा श्रीप्रसादले जुटाए अमेरिकाबाट २ लाख बढी सहयोग

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ बढी सहयोग जुटाउनुभएको छ । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँको उपचारमा रु २ लाख... पुरा पढ्नुहोस

दुर्गाबहादुरको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान

बेनी, ३ भदौ । नाकभित्र मासु पलाएर थलीएका मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शनिबार बेनीमा पत्रकार भेटघाट मार्फत ६४ वर्षिय लाम्गादेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जानकारी गराएको हो । नाकभित्र मासु... पुरा पढ्नुहोस

पत्रकारलाई चुनावले छोप्यो, यस्तो छ निर्वाचन कार्यतालिका

३ भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ ।... पुरा पढ्नुहोस

जोत्रेपिपल युवा क्लबको हरेलो मेला सम्पन्न

म्याग्दी, २ भदौ । रघुगंगा गाउँपालिका–३ दुलेपानीमा रहेको जोत्रे पिपल युवा क्बलद्धारा आयोजित हरेलो भेला सम्पन्न भएको छ । साउन ३० गतेदेखि सुरु भएको मेलाको अबसरमा आयोजित वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा केवाईसी घतान बिजयी भएको छ । विभिन्न १७ मिमको सहभागिता रहेको प्रतियोगितामा भगवती युवा क्लबलाई फाईनलमा पराजीत गर्दै... पुरा पढ्नुहोस

अनेरास्ववियु म्याग्दीद्धारा बाढी पिडितलाई रु १ लाख ४१ हजार बढी सहयोग

म्याग्दी, १ भदौ । हालैको अबिरल बर्षाको कारण तराईका जिल्लाहरुमा आएको बाढीबाट पिडित भएकाहरुलाई अनेरास्ववियु म्याग्दीले झण्डै साढे १ लाख रुपैयाँ राहत संकलन गरेको छ । एमाले निकट विद्यार्थि संगठन अनेरास्ववियु म्याग्दीले तीन दिन सम्म बेनी बजार क्षेत्रमा संकलन गरेको रु १ लाख ४१ हजार १११ राहत सहयोग बाढी पिडितको... पुरा पढ्नुहोस

तोरीपानी टिमुर गाउँको रुपमा विकास हुँदै, उत्पादित टिमुर अष्ट्रेलिया निकासी

म्याग्दी १ भदौ ।बेनी नगरपालिका–९ तोरिपानीका स्थानीय टिमुर खेतीतर्फ आकर्षित भएका छन् । टिमुरखेतीबाट अकर्षक कमाई हुने भएपछि कृषकहरु टिमुरको व्यवसायिक खेतीतर्फ लागेका हुन् । हावापानी समेत उपयुक्त रहेकाले तोरिपानी क्षेत्रमा गुणस्तरीय टिमुर उत्पादन हुदै आएको छ । मसलेदार टिमुरको माग बर्षेनी बढ्दै गएको छ । माग बढ्दै जाने र... पुरा पढ्नुहोस

सर्लाहीमा पुगेका म्याग्देली युवाको बयानः बाढीसंगै भोक र सोकमा डुबेको छ तराई

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईका जिल्लाहरु डुबानमा पर्दा पिडित भएकाहरुको राहत र उद्धारको लागि म्याग्दीका विद्यार्थी नेताहरुको टोलि समेत सर्लाहीमा पुगेका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलको नेतृत्वमा बिजय घर्ति मगर, सुजन हमाल र बिशाल कार्की लगायतको टोलि सर्लाहीको गाउँ मलङगा नगरपालिका ५ घोडदौली... पुरा पढ्नुहोस

बाढी पहिरोबाट प्रभावित ठाउँको जिसस प्रमुखद्धारा निरिक्षण

म्याग्दी, ३२ साउन । अबिरल बर्षाको कारण नदीमा बढेको पानीको वहाब र पहिरोको कारण प्रभावित भएका क्षेत्रहरुमा जिल्ला समन्वय समितिले स्थलगत निरिक्षण सुरु गरेको छ । गत साता म्याग्दी नदीमा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोबाट जोखिममा परेका क्षेत्रहरुमा पुगेर स्थलगत निरिक्षण सुरु गरेको हो । जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस