विशेष

काठमाण्डौमा रहेका म्याग्देली कलाकार संगठीत, अध्यक्षमा लाली बुढाथोकी

म्याग्दी ९ जेठ । काठमाण्डौमा बसोबास गर्ने म्याग्देली कलाकारहरु संगठीत भएका छन् । म्याग्दी जिल्लाबाट काठमाडौँमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्था म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा चर्चित लोकप्रीय लोक दोहोरी गायीका लाली बुढाथोकी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी... पुरा पढ्नुहोस

बेनीमा बालअधिकार सम्वन्धी अभिमुखीकरण

म्याग्दी, ९ जेठ । बेनीमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सोमबार जिल्ला बाल सञ्जाल स्थानीय तथा जिल्ला बाल अधिकार समितिका पदाधिकारी एवं सरोकारला निकायका पदाधिकारीहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो । अभिमुखकीरण कार्यक्रममा जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले बाल अनुकुल न्याय सम्वन्धी, स्रेस्तेदार तेजप्रसाद पौडेलले स्थानीय... पुरा पढ्नुहोस

टेण्डर नपरेपछि बेनी नगरपालिकाले बगरलाई आय ठेक्कामा लगायो

बेनी, ८ जेठ । पालिकाको प्रमुख आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि गरेको छ । नगरपालिकाभित्र रहेका ९ वटा बगरको प्रारम्भीक बातावरणीय प्रभाब परिक्षण गरी न्यूनतम करिब रु ७३ लाख आय हुने अनुमान गरिएको थियो । चार पटक बोलपत्र आह्वान... पुरा पढ्नुहोस

मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो (फोटो फिचर )

कमल खत्री बेनी, ८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकहरुको आगमन बढाउन गाउँपालिकाले प्रर्वद्धन अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा सिधा यातायात सूचारु

म्याग्दी, ७ जेठ । पहिरो र बाढीले आज विहानदेखि अवरुद्ध रहेको बेनी– जोमसोम सडक सूचारु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडानम्वर ३ को दानाको गुईठेमा आएको पहिरोलाई डोजर परिचालन गरेर मर्मत गरेपछि सडक सूचारु भएको हो । सदरमुकाम बेनी हुँदै हिमाली जिल्ला मुस्ताङलाई... पुरा पढ्नुहोस

रेडक्रस, अर्थुङ्गे छाप उपशाखाको अधिवेशन सम्पन्न र जग्गादाता ध्रुवलाल शर्मा सम्मानित

म्याग्दी ७ जेठ । नेपाल रेडक्रस सोसाइटी, अर्थुङ्गे छाप उपशाखाको दोस्रो अधिवेशन भएको छ।अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । सभाको उद्घाटन गर्दै नगरप्रमुख सुरत के.सीले भुमीदान महादान भएको र रेडक्रसमा उच्च योगदान पुर्याएका जग्गादाता साहित्यकार ध्रुवलाल शर्माको उच्च प्रशंसा गर्दै शिवमाला संगैं दोसल्ला र प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा खेलकुद प्रतियोगिता (फोटो फिचर)

कमल खत्री बेनी ७ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उदेश्यले ‘उच्च उँचाई खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको... पुरा पढ्नुहोस

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

  अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस

धौलागिरिको किर्तिमानी आरोहण गर्ने ८४ बर्षिया कार्लोसको सपना अधुरै

कमल खत्री म्याग्दी ४ जेठ । स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरियाले म्याग्दीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालको किर्तिमानी आरोहण गर्ने सपना अधुरो भएको छ । उमेरले ८४ बर्ष पुगेका कार्लोस म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि गत चैत अन्तिम साता... पुरा पढ्नुहोस

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाब

कमल खत्री बेनी, ४ जेठ । चक्रिय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाब भएको छ । म्याग्दी नदीको किनार नजीकै प्राकृतिक रुपमा बग्ने तातोपानीको मुललाई संकलन गरिएको कुण्डमा स्नान गरि उपचार गराउन आउनेहरुको सख्ंया बढ्दै गएको र कुण्ड परिसरमा पूर्वाधारको अभाब भएपछि स्थानीय समस्यामा... पुरा पढ्नुहोस