लिड्स नेपालको कार्यक्षेत्र विस्तार

  • २८ फाल्गुन २०८०, सोमबार
  • 331 पटक पढिएको

म्याग्दी र बागलुङमा कार्यक्षेत्र बनाउँदै आएको लिड्स नेपालले कार्यक्षेत्र विस्तार गरेको छ । मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले म्याग्दी र बागलुङसंगै नवलपुरको बौदिकाली गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
लिड्सले बौदिकाली गाउँपालिकामा मानसिक रोगका विरामी, उनका संरक्षक तथा महिला प्रजनन स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ । कार्यक्रम सञ्चालनको पूर्व तयारी अनुसार, लिड्सको पोखरा, म्याग्दी र बागलुङ कार्यालयको टिमले बौदिकाली गाउँपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रअ, महिला स्वास्थ्य स्वंसेविका लगायतसंग छलफल र अन्तरक्रिया समेत गरेका छन् । उक्त कार्यक्रममा लिड्स नेपालका कार्यकारी निर्देशक डाक्टर पदमराज श्रेष्ठले संस्थागत परिचय गराउनुभएको थियो भने मानसिक रोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठ र प्रजनन स्वास्थ्यको सन्दर्भमा डाक्टर प्रबीण श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
बौदीकाली गाउँपालिकामा संस्थागत परिचय गर्ने र स्थानीय सरोकारवालाहरुलाई कार्यक्रमको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको लिड्स नेपालका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उक्त अवसरमा विभिन्न वडाहरुमा पुगेर स्थलगत अवलोकन तथा वस्तुस्थितिको बारेमा समेत विवरण संकलन र कार्यक्रम सञ्चालनको तयारी गरिएको लिड्स म्याग्दीका कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो ।