म्याग्दी समाचार

सडकमै चालकको प्रेसर र आँखा परिक्षण

बेनी १० माघ । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा... पुरा पढ्नुहोस

म्याग्दीमा विपद्का घटनाबाट पीडित ५७ घरपरिवारलाई ९ लाख ३० हजार राहत वितरण

बेनी, १० माघ । म्याग्दीमा दैवि प्रकोप पिडितहरुलाई ९ लाख बढी राहत वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय मातहत रहेको विपद् व्यवस्थापन कोषबाट चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म ९ लाख ३० हजार रुपियाँ राहत वितरण गरिएको छ । जिल्लामा विभिन्न किसिमका विपद्मा परेर पीडित भएका सर्वसाधारणहरुलाई... पुरा पढ्नुहोस

मगर समुदाय लोपउन्मुख संस्कृति ‘सोरठी’ संरक्षणमा जुट्दै (फोटो फिचर)

https://www.youtube.com/watch?v=7lFKgySQM88 कमल खत्री म्याग्दी १० माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ बर्षिय प्रदिप पाईजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने सो नाच लोपउन्मुख बन्न थालेपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाईजाले मादले मारुनी नाच सिकेका हुन् । बेनी स्थित लिटल गार्डेन एकेडेमीको कक्षा २... पुरा पढ्नुहोस

मंगलाको बान्द्रेमा खेलमैदान निर्माण सुरु (फाेटाे फिचर)

म्याग्दी, १० माघ । म्याग्दीको मंगला गाउँपालिका–३ बान्द्रेमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण सुरु भएको छ । म्याग्दी नदीको किनारमा खेर गएको चौरलाई सम्माएर खेलमैदान निर्माण कार्य सुरु भएको स्थानीय युवा सन्तोष गिरीले जानकारी दिनुभयो । खाल्टाखुल्टी र अव्यवस्थित मैदानलाई डोजर लगाएर सम्माउन थालिएकाे  उहाँले बताउनुभयो । खेलमैदान निर्माणको लागि मंगला... पुरा पढ्नुहोस

बेनपाको चौथो नगरसभा : विपद् जोखिम न्यूनीकरण सम्बन्धी बिधेयक प्रस्तुत

बेनी १०माघ । बेनी नगरपालिकाको चौथो नगरसभा बुधबारदेखि बेनीमा सुरु भएको छ । नगरसभामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न विपद जेखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ को बिधेयक पेश भएको छ । नगर कार्यपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टेकबहादुर रावलले ऐनको मस्यौदा नगरसभामा पेश भएको... पुरा पढ्नुहोस

चलचित्र ‘शुभलभ’को ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत सार्वजनिक

म्याग्दी, ९ माघ । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक ज्योतिष हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल मुख्य... पुरा पढ्नुहोस

यसरी थुनिएको थियो छौरोमा कालिगण्डकी !

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउपालिका १ छौरोमा सुख्खा पहिरो खस्दा गयरातीदेखि कालिगण्डकी नदीको बहाब केही रोकिएको थियो । हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । तर अहिले थुनिएको पानी बग्न थालेसंगै कालिगण्डकी नदीको बहाब पुरानै स्वरुपमा बग्न थालेको... पुरा पढ्नुहोस

शिवानी मोवाइल पसलमा दूईलाख बराबरको सामान चोरी

बेनी, ९ माघ । बेनी नगरपालिका स्थित कालीपुल बसपार्कमा रहेको शिवानी मोवाईल तथा इलेक्ट्रोनिक्स पसलमा दुई लाख बराबरको नगदसहित सामान चोरी भएको छ । शनिबार रातको समयमा गेड र पसल ढोकाको चापी तोडेर मोवाईल र नगदसहित अन्य सामानहरु चोरी गरेको बताए । पसलबाट ८ वटा मोवाईलसहित नगद चोरी भएको सुवेदीले बताए... पुरा पढ्नुहोस

मुस्ताङमा थुनिएको कालीगण्डकी  पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा कृषि सामाग्री संस्थान नजीकै सुख्खा पहिरोले थुनिएको कालिगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गयराती हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । दुई वटा रुख कालिगण्डकी नदीमा तेस्रिएको र सुख्खा... पुरा पढ्नुहोस

बेनीमा राप्रपाको हिन्दु पुन:जागरण अभियान

बेनी ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग मंगलबार बेनीमा हिन्दु पुनःजागरण अभियान अन्तरगत घरदैलो गरेको छ ।राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचन र जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको नेतृत्वमा न्यूरोड स्थित पार्टी कार्यालयबाट सुरु भएको ¥याली सहितको घरदैलो कार्यक्रम बजार परिक्रमा पछि सोही ठाउँमा... पुरा पढ्नुहोस