म्याग्दी समाचार

रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च

सागरजंग बाघा म्याग्दी २५ कात्तिक ।  गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो... पुरा पढ्नुहोस

वन्यजन्तु सरंक्षणमा स्थानीय सरकारको वेवास्ता

धिरन खत्री म्याग्दी, २५ कात्तिक । जिल्लामा वन्यजन्तु संरक्षणमा स्थानीय सरकारले कुनै नीति तथा कार्यक्रम लिएका छैन्न । बनजंगलमा रहेका दुर्लभ वन्यजन्तु तथा बनस्पतिको संरक्षणमा स्थानीय सरकारले नीति तथा कार्यक्रममा ध्यान नदिएका हुन् । भौगोलिक रुपमा ठुलो पाखा र हरियाली वन रहेको म्याग्दीमा बन्यजन्तुको अवस्था तथा संरक्षणमा कुनै योजना तथा... पुरा पढ्नुहोस

आलेख : म्याग्दीका ग्रामीण सडक ‘मृत्यु मार्ग’ बन्दै

कमल खत्री बेनी, २४ कात्तिक । कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक संगै क्षमता भन्दा बढी यात्रु बोक्ने, चालकको लापरबाही र पुराना सवारी साधन रहेको पाइएको... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा मल्लाजमा निशूल्क आँखा शिविर आयोजना

बेनी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निःशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा हुने शिविरमा जलजला गाउँपालिका संगै छिमेकी म्याग्दीका विभिन्न... पुरा पढ्नुहोस

उपचारकै क्रममा ज्यान गुमाएका बालकका घरपरिवारलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

अस्पतालमै उपचारको क्रममा ४ महिनाको छोरा गुमाएका बेनी नगरपालिका–९ कुवागैराका नारायण चोखाल र पुष्पा भण्डारी चोखालका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । नाबालक छोराको उपचारकै क्रममा भारतमा मृत्यु भएपछि छोराको उपचार खर्च तिर्न सहयोग पुगोस भन्ने उदेश्यले अष्टेलियामा रहेका नेपालीहरुले संकलन गरेको ८७६ डलर अर्थात रु ६७ हजार ८९०... पुरा पढ्नुहोस

विकास निर्माणमा नमुना कामः लक्ष्य भन्दा एक बर्ष अगाबै जिसस सभाहल भवन निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १८ कात्तिक । विकास निर्माण योजनाहरुमा निर्माण व्यवसायिको ढिलासुस्ती र लापरबाही बढिरहेको सन्दर्भमा म्याग्दीमा भने एक योजना लक्ष्य भन्दा १ बर्ष अगाबै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको बहुउदेश्यीय सभाहल भवन निर्माण गर्ने योजनामा निर्माण व्यवसायिले सम्झौता भएको ८ महिनाभित्रै निर्माण कार्य सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस

बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत, घाईते पाँच जना पोखरा रेफर

बेनी, १८ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु... पुरा पढ्नुहोस

अपडेटः बिम बस दुर्घटनामा ज्यान गुमाएकामध्ये तीनको सनाखत, एकको पहिचान हुन बाँकी, १८ जना घाईते

म्याग्दी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटना हुँदा ज्यान गुमाएका चार जना मध्ये तीनको सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको... पुरा पढ्नुहोस

बिममा बस दुर्घटना: ४ जनाको मृत्यु, घाईतेहरुलाई स्वास्थ्य संस्थामा लगिँदै

म्याग्दी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

देउसी भैलोको रकमबाट फुलवारीमा सडक ग्राभेल ( तस्विर सहित)

म्याग्दी १७ कात्तिक । तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम बनभोज लगायतका मनोरञ्जनको क्षेत्रमा खर्चिने परिपाटीको विकास भैरहेको सन्दर्भमा म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा भने युवाहरुले रचनात्मक कार्य गरेका छन् । स्थानीय छहारी युथ क्लबले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट सडक ग्राभेल गरेको हो ।... पुरा पढ्नुहोस