कृषकलाई विउ उत्पादन सम्वन्धी तालिम
- २७ कार्तिक २०७६, बुधबार
- धिरन खत्री
- 1975 पटक पढिएको
म्याग्दी, २७ कात्तिक । जिल्लाका कृषकहरुलाई विउ उत्पादन सम्वन्धी तालिम संचालन गरिएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा २० जना कृषकलाई विउ उत्पादन सम्वन्धी प्रविधियुक्त तालिम संचालन गरिएको हो ।
तिनदिनसम्म संचालन हुने तालिममा सहजकर्ताको रुपमा कृषी विज्ञ गोविन्द्र कोइराला, गोविन्द पाण्डे र भोजबहादर थापा रहेका छन् । २९ गतेसम्म संचालन हुने तालिममा गुणस्तर विउ उत्पादनका लागि अपनाउनुपर्ने तरिका सम्वन्धी कृषकलाई आवश्यक ज्ञान प्रदान गरिने सहजकर्ता भोजबहादुर थापाले बताए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l