म्याग्दी समाचार

गलेश्वर बजारमा ‘सडक बत्ती’ जडान

म्याग्दी, १ फागुन । बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ती जडान गरिएको छ। रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको... पुरा पढ्नुहोस

बर्षा र हिमपात नहुँदा हिमाली क्षेत्रसम्म डढेलोको जोखिम बढ्दै

  म्याग्दी, १ फागुन । म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । विगतका वर्षमा यो समयमा हिउँले ढाकिने धौलागिरि, अन्नपूर्ण, नीलगिरि र गुर्जा हिमाल आसपासका पहाड र जङ्गल डढेलोले काला पहाडमा परिणत... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालन (तस्बिर सहित)

बेनी १ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको उपचारमा सहजताको लागि ‘ज्येष्ठ नागरिक कक्ष’ सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारका लागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

बेनी, १ फागुन । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस

जलजलामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै

लामाखेत, १ फागुन । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार लामाखेतमा गाउँपालिका स्तरीय योजना तथा वहुनिकाय... पुरा पढ्नुहोस

लागुऔषध र साईबर अपराध रोकथाम र नियन्त्रण प्राथमिकतामाः प्रनाउ कुँवर

म्याग्दी २९ माघ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक मदन कुँवरले जिल्लामा शान्ति सुरक्षालाई मजवुद बनाउने कार्य संगै लागुऔषध दुव्र्यसन र साइबर अपराध नियन्त्रण र रोकथाममा आफुले प्राथमिकता दिने बताउनुभएको छ । आइतवार जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रनाउ कुँवरले म्याग्दीमा समेत लागुऔषध र साइबर अपराधको घटना बढ्दो... पुरा पढ्नुहोस

म्याग्दीका प्रमुख जिल्ला अधिकारी पाैडेल सहित तीन जना साहित्यिक पुरस्कारबाट पुरस्कृत

बागलुङ २९ माघ । बागलुङमा तीन वटा साहित्यिक पुरस्कारबाट म्याग्दीका प्रमुख जिल्ला अधिकारी सहित तीन जना श्रष्टा पुरस्कृत भएका छन्। धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार(२०७८ पटाक्षेप ९उपन्यास० का लेखक टिका मिलन, ‘बम(सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र ‘हिमलाल(मन्धरा स्मृति पुरस्कारबाट श्रष्टा तुलसीजी पौडेल... पुरा पढ्नुहोस

साहित्यकार लामिछानेको ‘यात्रा मेरो अनुभूति’ पुस्तक विमोचन

म्याग्दी २९ माघ । साहित्यकार चन्द्रबहादुर लामिछानेद्धारा लिखित पुस्तक ‘यात्रामा मेरो अनुभूति’को शनिबार बिमोचन गरिएको छ । म्याग्दी साहित्य सञ्चारले मिलनचोकमा आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश जिसीले पुस्तकको बिमोचन गर्नुभएको हो । जलजला गाउँपालिका–२ निवासी पुर्व शिक्षक लामिछानेको यो पाँचौ कृति हो । पुस्तकमा लामिछानेले यात्राका... पुरा पढ्नुहोस

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

म्याग्दी २९ माघ । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा... पुरा पढ्नुहोस

ध्यान पुगेन ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धनमा

म्याग्दी २८ माघ । सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवद्र्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका साथ सो पदमार्गको नामकरण गरेपनि पदमार्ग प्रवद्र्धनमा कसैको ध्यान जान सकेको... पुरा पढ्नुहोस