ताजा अपडेट

बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

 म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो ।  सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ बोर्डिङ र केबी एकेडेमी दरबाङले बालमन्दिर... पुरा पढ्नुहोस

समाजवादी व्यवस्थाले मात्रै सबै विभेदको अन्त्य सम्भव छः नेता खनाल

 म्याग्दी (बेनी), २६ माघ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा रहेका सबै खालका विभेद हटेर जाने बताउनुभएको छ । नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको दिवंगत आमा कौशिला विश्वकर्माको स्मृतिमा शुक्रवार बेनीमा आयोजित शोक... पुरा पढ्नुहोस

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को चालिस प्रतिशत काम सकियो (तस्बिर सहित)

म्याग्दी , २६ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको चालिस प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाले निर्माण कार्यलाई तिब्रता दिएको छ । गत... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा श्रीमतीलाई विमा पोलिसी उपहार

म्याग्दी २६ माघ ।  पछिल्लो समय विवाह, जन्मदिन, बैबाहिक बर्षगाँठ लगायतको अवसरमा जीवन विमा पोलिसी उपहारको रुपमा दिने चलन बढेको छ । यसैबिच मंगला गाउँपालिका–३ बरंजाका भरत रोकाले आफ्नो श्रीमती गंगा रोकालाई जन्मदिनको अवसरमा उपहारको रुपमा बिमा पोलिसी खरिद गरिदिनुभएको हो । रोकाले साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन... पुरा पढ्नुहोस

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी, माघ २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।   नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत्... पुरा पढ्नुहोस

जिल्ला समन्वय समिति नै समन्वयमा चुक्यो,योजना बैङ्क बनाउने निर्णय कसरी होला कार्यान्वयन ?

बेनी, २६ माघ । जिल्ला समन्वय समिति म्याग्दीले गण्डकी प्रदेश सरकारले सञ्चालन र बजेट बिनियोजन गर्ने योजनाको बैङ्क बनाउने निर्णय गरेको छ ।  जिल्लाका संघीय र प्रदेश तहका जनप्रतिनिधिहरुलाई छलेर बिहिबार बेनीमा कार्यालय प्रमुखहरुलाई भेला पारेर जिससले गरेको निर्णय विवादित बनेको छ । जिससको यस्तो निर्णय र गतिबिधीले तीन तहका... पुरा पढ्नुहोस

१२ औं आधारभुत तह बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।        ­      बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी... पुरा पढ्नुहोस

रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपांगतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मंगला गाउँपालिका २ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए। ‘बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहस्रधारामा रहेको सामुदायिक भवनको एउटा... पुरा पढ्नुहोस

मोना स्पेनद्धारा विपन्नको उपचारमा रु १ लाख ८१ हजार बढी सहयोग प्रदान

म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले जिल्लाका विभिन्न ठाउँका विरामीको उपचारको लागि रु १ लाख ८१ हजार बढी सहयोग गरेको छ । मोना स्पेनले म्याग्दीको रघुगंगा गाउँपालिका–६ का क्यान्सर पीडित गनबहादुर शेरपुजा, बेनी नगरपालिका–३ भकिम्लीका मृगौला पीडित स्मृति छन्त्याल पुन र बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पीडित मनिसा पाईजा (मोनीका)को उपचारमा... पुरा पढ्नुहोस

मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सुरु

म्याग्दी २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा उक्त तालिम सुरु गरिएको हो । जानोदय माविमा पाँच दिनसम्म सञ्चालन हुने तालिममा वडा नम्बर १, २ , ३ र ४ मा रहेका विद्यालयका १८ जना प्रारम्भिक बालविकास शिक्षकहरुको... पुरा पढ्नुहोस