विशेष

गुर्जामा असोज २० मा एकिकृत घुम्ती शिविर हुने

म्याग्दी, ५ भदौ । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्ती शिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।  भौगोलिक... पुरा पढ्नुहोस

मृगौला पिडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु

बेनी ५ भदौ । दुवै मृगौलाले कामगर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको... पुरा पढ्नुहोस

कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकाे सम्मान (फाेटाे फिचर)

म्याग्दी, ५ भदौ । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैक्षिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी... पुरा पढ्नुहोस

गाउँ पस्नै सकेन स्वास्थ्य बिमा

म्याग्दी, ५ भदौ । नेपालको संविधान–२०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ सालदेखि शुरु गरेको स्वास्थ्य बिमा म्याग्दी जिल्लाको ग्रामीण भेकतर्फ भने पुग्नै सकेको छैन । २०७३ पुस महिनादेखि म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिए पनि उक्त... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

म्याग्दी ५ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीपर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गतहप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा... पुरा पढ्नुहोस

घारखोला–घोडेपानी सडक कालोपत्रेको तयारी

म्याग्दी ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत भुकम्प आपतकालीन आयोजना मार्फत पोखरेबगर देखि घार, खिवाङ, शिख, चित्रे हुदै घोडेपानी जोड्ने सडक स्तरोन्नतीसंगै कालोपत्रे गर्ने तयारी भएको हो । ४४ करोड रुपैया लागत अनुमान... पुरा पढ्नुहोस

बेनी – जोमसोम सडक यात्रामा बाढी पहिरोले निम्त्याएको शास्ती (भिडियो सहित)

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा खसेको पहिरो र कालिगण्डकी नदी कटानको कारण सडक अबरुद्ध बनेपछि यात्रुहरुलाई सास्ती भएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गा मुस्ताङको थासाङ्ग गाउँपालिका–४ घाँसाको काभ्रेभिरमा कालीगण्डकी नदीले सडक बगाएपछि यात्रुहरु भिरको बाटो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको बार्षिक कार्ययोजना पारित

म्याग्दी, ४ भदौ । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ । रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७... पुरा पढ्नुहोस

शेरचन परिवारद्धारा दिपक माविलार्इ तिनलाख भन्दा बढी सहयोग

बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिनलाख रुपैया भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँचहजार रुपैया सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार... पुरा पढ्नुहोस

म्याग्दीको यार्सागुम्बा संकलन र व्यवस्थापनः एक समाजशास्त्रीय अध्ययन

यार्सागुम्बाको परिचय म्याग्दी / यार्सागुम्बा अर्थात यार्सा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतलीको लार्भामा उम्रिने एक किसिमको परजीवी च्याउ हो । यसको बैज्ञानिक नाम Cardyceps sinensis हो । यो नेपालको उच्च हिमाली भेगमा पाईने अत्यन्त दुर्लब र बहुमुल्य जडिबुटी हो । तिब्बती भाषा यार्चाकुम्भू अपभ्रंस भएर... पुरा पढ्नुहोस