विशेष

चलचित्र ‘शुभलभ’को ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत सार्वजनिक

म्याग्दी, ९ माघ । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक ज्योतिष हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल मुख्य... पुरा पढ्नुहोस

यसरी थुनिएको थियो छौरोमा कालिगण्डकी !

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउपालिका १ छौरोमा सुख्खा पहिरो खस्दा गयरातीदेखि कालिगण्डकी नदीको बहाब केही रोकिएको थियो । हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । तर अहिले थुनिएको पानी बग्न थालेसंगै कालिगण्डकी नदीको बहाब पुरानै स्वरुपमा बग्न थालेको... पुरा पढ्नुहोस

एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु

बेनी ९ माघ । पर्वतको जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ ।जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो । विद्यालयको सूचना अभिलेखिकरण... पुरा पढ्नुहोस

मुस्ताङमा थुनिएको कालीगण्डकी  पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा कृषि सामाग्री संस्थान नजीकै सुख्खा पहिरोले थुनिएको कालिगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गयराती हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । दुई वटा रुख कालिगण्डकी नदीमा तेस्रिएको र सुख्खा... पुरा पढ्नुहोस

बेनी बोडीङ कप २०७५ सुरु

साधन राम्जाली म्याग्दी, ९ माघ ।बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरिक्त कार्यक्रमले विद्यार्थीलाई शिक्षा क्षेत्रमा अगाडी बढ््न थप हौसला प्रदान... पुरा पढ्नुहोस

मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित

निरज थकाली मुस्ताङ ९ माघ (ठिनी)  मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । बर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते लगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा उपकरणको भाडादर निर्धारण,अनुगमन समितिको सिफारिसमा मात्रै भुक्तानी

म्याग्दी, ८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत... पुरा पढ्नुहोस

गुर्जामा हिमपात, चिसोको कारण विद्यालयमा पठनपाठन बन्द (फोटो फिचर)

बेनी ८ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै आज विहानैदेखि गुर्जामा हिमपात हुन थालेको हो । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बालबालिकाहरु घरबाट निस्कन... पुरा पढ्नुहोस

एकल महिलाहरुको क्षमता विकासको लागि भाषण कला र कानुनी संहिताबारे अभिमुखिकरण तालिम

बेनी ७ माघ । सदरमुकाम बेनीमा एक महिलाहरुको क्षमता विकास लागि उद्घोषण र देवानी तथा फौजदारी संहिताबारे अभिमुखिकरण तालिम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखा म्याग्दीको आयोजना एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्र म्याग्दीको समन्वय र वडा ७को आर्थिक सहयोगमा तिन दिनको तालिम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

बेनी नगरपालीका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

बेनी १५ पुष । बेनी नगरपालिकाले प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । माघ १८ देखि २० गतेसम्म सदरमुकाम बेनीमा नगरपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजना गरेको हो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि स्थानीय, जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने... पुरा पढ्नुहोस