म्याग्दी समाचार
गलेश्वरमा २ लाख ७४ हजार भेटि संकलन
- 5 बर्ष, 11 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । बेनी नगरपालीका– ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तीन लाख रुपैयाँ भेटी संकलन भएको छ । सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ७४ हजार १०६ रुपैयाँ भेटि चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय... पुरा पढ्नुहोस
बरंजाको अर्जेखोलामा पुल नहुँदा खोलामा जोखिम यात्रा (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडा र मंगला गाउँपालिका–३ बरंजा जोड्ने अर्जेखोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । खोलामा पुल नहुँदा बर्षातको समयमा यहाँ सवारी साधनलाई जोखिम मोलेर खोलाबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको हो । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजाका स्थानीय जिल्ला सदरमुकाम... पुरा पढ्नुहोस
चौबिस हजार सुन्तलाका बिरुवा वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । म्याग्दी र बागलुङका कृषकहरुलाई चौबिस हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यान्वयन इकाई म्याग्दीले बिरुवा वितरण गरेको हो । बागलुङमा सोह् हजार ५१० र म्याग्दीमा सात हजार ८५० बिरुवा वितरण गरिएको इकाईका बरिष्ठ कृषि अधिकृत बेदनाथ पन्थिले... पुरा पढ्नुहोस
म्याग्दीमा विप्लव समुहलाई झट्का, सेक्रेटरी र इन्चार्ज एकैसाथ पक्राउ
- 5 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
म्याग्दी ६ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका दुई शिर्ष नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बिप्लव समुहका म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई सोमबार साँझ पक्राउ गरेको हो । लुकिछिपि जिल्लाको ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस
युवा सञ्जाल म्याग्दीको प्रेरणादायी काम
- 5 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
बेनी, ६ साउन । बेनी नगरपालिकामा भएको एऊटा बालविवाह विरुद्घ युवा सञ्जाल म्याग्दीले गरेको उजुरीपछि उक्त विवाहित जोडीलाई नगरपालिकाको न्यायीक समितिबाट उचित परामर्श आएको छ। गत असार २६ गतेको दिन म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा २३ वर्षीय केटा र १६ वर्षीय बालिका बिच बिवाह भएको थियो । कुनै माध्यमबाट जानकारी प्राप्त... पुरा पढ्नुहोस
पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (भिडियो सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
म्याग्दी ६ साउन । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सोमबार विहानैदेखि सिधा सवारी अबरुद्ध बनेको हो । यो भिरमा सुख्खा पहिरो खस्दा शनिबार दिनभर पनि सडक अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकको आधार नै... पुरा पढ्नुहोस
३७ औं विपी स्मृति दिवस बेनीमा मनाइयो
- 5 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
म्याग्दी,६ साउन । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस बेनीमा मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीले सोमबार पाटी कार्यालयमा बिपिको जिवनी, बिचार सम्झिएका छन् । म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले स्वर्गिय विपि कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए । वि.स २०३९ साउन ६ गते दिवंगत भएका विपीलाई नेपालको... पुरा पढ्नुहोस
बजारमा म्याद नाघेका सामग्री भेटिए
- 5 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
बेनी ६ साउन । बजार अनुगमनका क्रममा पसलमा म्याद नाघेका सामग्री भेटिएका छन् । बेनीको मंगलाघाट क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो । जिल्ला बजार अनुगमन समितिका संयोजक लीलाधर अधिकारीको नेतृत्वमा मंगलाघाटमा आठ वटा खाद्यान्न पसलमा अनुगमन गरिएको थियो । म्याद नाघेका चाउचाउ, भुजिया, कुरकुरे लगायतका खाद्यान्न भेटिएका... पुरा पढ्नुहोस
गलेश्वर–पिप्ले– भगवती–बेग र बाबियाचौर–दरवाङ सडक कालोपत्रे हुने
- 5 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
बेनी ६ साउन । गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” कार्यक्रम अन्तरगत म्याग्दीका दुई वटा सडक कालोपत्रे हुने भएका छन् । गलेश्वर–पिप्ले–भगवती–बेग र बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकको बाबियाचौर लाम्पाटा देखि दरवाङ बजारसम्मको स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको छ । संयुक्त सर्वेक्षण गरिसकेका निर्माण कम्पनीले प्रारम्भिक चरणमा सडक चक्लाउन... पुरा पढ्नुहोस
दरमिजा हुँदै चिमखोला जाने गोखोको भिरमा गोरेटो बाटो मर्मत (फाेटाे फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- ५ श्रावण २०७६, आईतवार
म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दरमिजा हुँदै चिमखोला जाने पदमार्ग अन्र्तगत गोखोको भिरमा गोरेटोबाटो मर्मत गरिएको छ । चिमखोलातर्फबाट दरमिजा तर्फ सडक विस्तार गर्ने क्रममा पुरानो गोरेटोबाटो पुरिएपछि चिमखोलाका स्थानीय युवाहरुले अप्ठ्यारो भिरमा गोरेटो बाटोलाई मर्मत गरेका हुन् । मोटरबाटो निर्माण कार्य अप्ठ्यारो ठाउँमा पुगेर रोकिएको र... पुरा पढ्नुहोस