म्याग्दी समाचार

डेंगुको संक्रमण : ‘सजक र सतर्कता अपनाउँ’

म्याग्दी, २८ भदौँ । ५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा परेको छ । विभिन्न ठाउँमा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण लामखुट्टेका टोकाइबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।म्याग्दीमा पनि अहिलेसम्म ३ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २ जनाको बेनी अस्पतालमा र १ जनालाई... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा अन्तराष्ट्रिय स्तरको गुणस्तर मान्यता प्राप्तीको तयारी

म्याग्दी, २८ भदौ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको मान्यता प्राप्तीको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको १२० वटा सुचकहरु अधिकाँश पुरा गरेको क्याम्पसमा गुणस्तर परिक्षणको लागि अन्तीम स्थलगत अनुगमनको लागि समकक्षी भ्रमण हुने भएको छ । प्राध्यापक डाक्टर वासुदेव... पुरा पढ्नुहोस

भ्रष्टाचार रोक्न ‘मुहानदेखि नै सफाइ’ गरौँ :  सरोकारवाला

म्याग्दी, २८ भदौँ । म्याग्दीका सरोकारवालाहरुले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नको लागि मुहानदेखि नै सफाई गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेनीमा आयोजना गरेको सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागिले भ्रष्टाचारका स्वरुप नयाँ रुपमा बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।... पुरा पढ्नुहोस

रत्नेचौरमा पितृ महोत्सव

म्याग्दी, २७ भदौ । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ ।श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका लागि आयोजित महोत्सव सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ । महोत्सवको... पुरा पढ्नुहोस

झिँ सामुदायिक होमस्टे

  म्याग्दी, २८ भदौ । जिल्लाको रघुगंगा गाउँपालिका–५ मा शुक्रबार झिँ सामुदायिक होमस्टे (घरबास)को उद्घाटन गरिएको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले होमस्टेको उद्घाटन गर्नुभएको हो । अध्यक्ष भण्डारीले पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास र जिविकोपार्जन सुधारमा जोड दिएको बताउनुभयो । टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल... पुरा पढ्नुहोस

नागी, लोप्रे र कुवापानीमा शृङखलावद्ध चोरी

  म्याग्दी, २८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी, पर्वतको जलजला गाउँपालिका–५ लोप्रे र कुवापानी गाउँमा पछिल्ला दुई रातमा शृङखलावद्ध चोरी भएको छ । बीस वटा बढी घरमा तोडफोड गरेर बाह् लाख रुपैयाँ भन्दा बढीको नगद र गरगहना चोरी भएको हो । अन्नपूर्ण गाउँपालिका–८ की वडा सदस्य गेममाया पुनले दिएको... पुरा पढ्नुहोस

रघुगंगामा शैक्षिक जागरण अभियान सुरु

म्याग्दी, २८ भदौ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले शैक्षिक जागरण अभियान सञ्चालन गरेको छ । विद्यालयसंग गाउँपालिकाको शिक्षा समिति र जनप्रतिनिधिहरुबिच छलफल गरि सामुदायिक विद्यालयका समस्या पहिचान, गुनासा संकलन र अवस्था पहिचानको लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । अभियान अन्र्तगत सामुदायिक विद्यालयको... पुरा पढ्नुहोस

एक हजार ४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी, २४ भदौ । म्याग्दीका १५ वटा सामुदायिक विद्यालयका एक हजार जना भन्दा बढी विद्यार्थीहरुलाई एक चिनिया संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालले मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक हजार ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।... पुरा पढ्नुहोस

तीन दिनदेखि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (तस्बिर सहित)

म्याग्दी २४ भदौ । बेनी–जोमसोम सडकमा तीन दिनदेखि सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माणको... पुरा पढ्नुहोस

मराङमा योजनाको समिक्षा र सार्वजनिकरण

तेजिन्द्र पुन मराङ, २३ भदौ । धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित योजनाहरुको समिक्षा र आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना सार्वजनिक गरिएको छ । वडा अध्यक्ष राजाराम सुवेदीले गत वर्ष सञ्चालन भएका र यो वर्ष बजेट बिनियोजन गरेका योजनाहरुको विवरण प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस