भगवतीमा तिन दिने सकारात्मक तालिम सुरु

  • १७ फाल्गुन २०७३, मंगलवार
  • धिरन खत्री
  • 1965 पटक पढिएको

2

म्याग्दी,१६ फागुन । म्याग्दी राखुभगवती गाविसको साझपानीमा जिल्ला विकास समितिको आयोजना र देउराली युवा क्लवको ब्यवस्थापनमा तिन दिने नेतृत्व विकास तथा सकारात्मक सोच सम्वन्धि तालिम सोमबार देखि सुरु भएको छ ।

देउराली विद्यालयका ब्यवस्थापन समितिको अध्यक्ष रेशबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि एव प्रमुख प्रशिक्षक रामबहादुर रावतले ब्यक्तिमा भएको क्षमतालाई पहिचान गरि परिवार, समाज र राष्ट्रको लागि नेतृत्व विकास गर्न लागि प्रशिक्षणको उद्देश्य रहेको बताउनुभयो ।

1

त्यस्तै कार्यक्रममा जिविस म्याग्दीको सूचना अधिकृत पदम भण्डारी र नरेन्द्र भण्डारीले मन्तब्य राखेको कार्यक्रममा स्वागत मन्तव्य देउराली युवा क्लका सदस्य देवेन्द्र भण्डारीको स्वागत रहेका कार्यक्रमको संचालन समाजसेवी बालकृष्ण खत्रीले गरेको थिए ।

3

उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, आमासमुह र समाजका अगुवाहरु करिव एक सय जनाको सहभागिमा सुरु भएको प्रशिक्षण तालिम ३ दिनसम्म संचालन हुने कार्यक्रमका सहसंयोजक गोविन्द भण्डारीले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l