कर्मचारीले दुख दिएको भुरुङ तातोपानीबासीको गुनासो

  • १७ फाल्गुन २०७३, मंगलवार
  • सन्तोष गौतम
  • 1882 पटक पढिएको

म्याग्दी, १६ फागुन । म्याग्दीको भुरुङ तातोपानीका बासिन्दाहरुले जिविसका कर्मचारी कार्यकक्षमा नबस्दा दुख पाएको गुनासो गरेका छन् ।भुरुङतातोपानी गाविस कार्यालयले शनिबार मान्द्रेढुङ्गामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा लेखा, प्राबिधिक र योजना शाखाका कर्मचारी कार्यकक्षमा नभेटिदाँ दुख र सास्ती पाएको गुनासो गरेका हुन् ।

2

भुरुङ तातोपानी–मान्द्रेदुङ्गा सडक उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाईजाले योजना सम्झौता, फरफारक र भुक्तानीका लागि जिविसका कर्मचारी खोज्दै होटलमा पुग्नुपरेको र एक दिन लाग्ने कामका लागि दुई दिन समय खर्च भएको गुनासो गर्नुभयो ।

गाविसका योजनाहरुको भुक्तानि प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका भूरुङवासीले पशुसेवा कार्यालयको दानास्थित कार्यालयका कर्मचारी कार्यालयमा नवस्दा भुकम्प प्रभावीत कार्यक्रमको सुबिधा पाउनबाट बञ्चित भएको बताएका छन् ।

1

स्थानीयबासी चन्द्रकुमार फगामीले जिल्ला कृषि विकास कार्यालयका कर्मचारीले सुन्तला बगैचा सुदृढीकरण सम्बन्धि तालीम र औजार सहयोगको आश्वासन देखाएर समिति गठन गर्न लगाई औजार खरिद गर्न लगाएपनि अहिलेसम्म सहयोग नगरेको गुनासो गर्नुभयो ।
यसैगरी भूरुङतातोपानी स्वास्थ्यचौकीमा सरकारले निशूल्क वितरण गर्ने औषधी, ल्याब टेक्निसीयन र दरबन्दि अनुसारका प्राबिधिक कर्मचारीको अभाव भएको गुनासो गरेका थिए । जिविसका सूचना अधिकृत पदम भण्डारीले सरकारी निकायका काम पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउँदै जिविसको प्राविधिक र प्रशाशनिक सेवा प्रवाहमा सुधार ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस आत्म तुलाचन, नेकपा एमालेका श्याम राना र नेकपा माओवादी केन्द्रका बुद्धि पुनले गाविसको विकासमा सबै मिलेर अघि बढेको बताउँदै साथ दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । पशु सेवा र कृषि सेवा केन्द्रको विषयमा चर्को गुनासो उठेपनि सम्बन्धित कार्यालयका प्रतिनिधि कार्यक्रममा उपस्थित थिएनन् ।

3

पत्रकार सन्तोष गौतमले सहजीकरण गरेको कार्यक्रममा इलाका वन कार्यालय भूरुङतातोपानीका सहायक वन अधिकृत दुर्गा कार्की र संगम म्याग्दीद्धारा संचालित स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था अनुगमन कार्यक्रमका फिल्ड सहायक उज्ज्वल वानियाँ र हिमालय प्रावि व्यवस्थापन समितिका अध्यक्ष ओमवहादुर फगामीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भुरुङतातोपानी गाविसका सचिव दीपकलाल पालको अध्यक्षता, सामाजिक परिचालक शान्ति पुर्जाको स्वागत र जागृत युवा क्लवका इन्द्र थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाविस सचिव पालले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाको विषयमा विवरण प्रस्तुत गर्दै गाविसको सेवा प्रवाहलाई सहज र विकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

सन्तोष गौतम