मल्लाज बहुउद्देश्यीय सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न

  • १४ भाद्र २०७४, बुधबार
  • आशा खत्री
  • 1473 पटक पढिएको

पर्वत, १४ म्याग्दी । पर्वतको जिल्लाको जलजला गाउँपालिका अन्तर्गत मल्लाज माँझफाटमा रहेको मल्लाल बहुउेश्यीय सहकारी संस्थाको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।


चौथो साधारण सभाले लालबहादुर अधिकारीको अध्यक्षतालाई निरन्तरता दिदै ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षतमा हिराबहादुर जिसि, सचिव रघुनाथ आचार्य, कोषाध्यक्ष रामचन्द्र कार्की, सह–सचिवमा ख्यामबहादुर खत्री चयन भएको कार्यसमितिको सदस्यमा गोरे नेपाली, सरस्वती बरुवाल, डिल्लुमाया जिसि, हरिप्रसाद पौडेल, गणेश कार्की र रसिला कार्की रहेका छन् । आर्थिक पारदर्शिताको लागि धनपति सुबेदीको संयोजकत्वमा तिन सदस्य लेखासमिति चयन गरेको छ । जसको सदस्यमा रमेश बैरागी र सुरेन्द्र कार्की रहेका छन् ।


गाउँपालिकाको सम्पुर्ण क्षेत्रलाई समेटेर सहकारीले सेवा सुविधा दिदै आएको बताए । २०६४ सालमा स्थापना भएको सहकारीले बिगत ३ बर्ष देखि भएको गतिविधि, आगामी तिन बर्षको कार्य योजना संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले प्रकाश पार्नुभएको थियो । पुर्न निर्वाचित अध्यक्ष अधिकारीले आफुले सधै सहकार्य र समन्वयबाट अघि बढ्ने लगानी बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक गतिविधिको बारेमा प्रस्तुत गदै सँस्थाले आर्थिक बर्ष २०७३÷७४ मा सहकारीले ७ करोड २१ लाख ७ हजार ७२ रुपैयाँ संकलन गरेको संस्थाले ७ करोड १२ लाख ५ हजार लगानी गरेको थियो । सहकारीमा १८३ शेयर सदस्यले १४३ लाख ३१ हजार ४ सय रुपैया लगानी गरेका छन् । आथिक बर्षमा सहकारीले ७ लाख २६ हजार ४ सय २८ रुपैयाँ मुनाफा गरेको छ । सहकारीले असल शेयर बचकर्ता ऋणी, कर्मचारी, संचालक समिति पदाधिकारी शेयर धनि प्रोत्साहन रुपमा सम्मान गरेको थियो । संस्थाका उपाध्यक्ष हिराबहादुरको जिसिको स्वागत मन्तव्य, संचालन सचिव रघुनाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

 

आशा खत्री