म्याग्दी जेसीज दुई राष्ट्रिय अवार्डबाट पुरस्कृत
- १६ भाद्र २०८२, सोमबार
- 113 पटक पढिएको
युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा सक्रिय म्याग्दी जेसीज दुई राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ । भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीजको क्षेत्र ख सम्मेलनमा म्याग्दी जेसीजले यस बर्ष गरेका कार्यक्रम तथा गतिविधिको आधारमा नेपाली जेसीजले स्थानीय सामुदायिक सशक्तिकरण अवार्ड र उत्कृष्ट प्रतिवेदन अवार्डबाट म्याग्दी जेसीजलाई पुरस्कृत गरेको हो ।
नेपाल जेसीजको आयोजना र ब्यासनगर जेसीजको आतित्यथामा सम्पन्न सम्मेलनमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवं सम्मेलन सभापती एलिना महर्जनले म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीलाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो । सम्मेलनमा म्याग्दी जेसीजले सक्रिय सहभागीता जनाएको थियो ।
सम्मेलनमा नेपाल जेसीजबाट प्राप्त अवार्डले म्याग्दी जेसीजले गर्ने कार्यक्रम तथा गतिविधिको उचित मुल्यांकन भएको र आगामी दिनमा सामाजिक क्षेत्रमा थप रचनात्मक बन्न प्रेरणा दिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति क्षत्रीले बताउनुभयो ।