म्याग्दी खोलामा हाम फालेकी पोककी इन्द्रकली वि.कको अवस्था अज्ञात

  • २२ श्रावण २०८२, बुधबार
  • 1 पटक पढिएको

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पोककी ३८ बर्षिय इन्द्रकली वि.क. खोलामा हाम फालेर वेपत्ता हुनुभएको छ । मंगलवार दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्मको समयमा पोक स्थित म्याग्दी नदीमा हाम फालेको पुष्टि भएपनि खोलामा खोजी गर्दा अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको उहाँका भतिजा अमृत सुनारले जानकारी दिनुभयो । घरबाट निस्कीएपछि खोला किनारबाट नदीमा हाम फालेको पुष्टि भएपछि प्रहरीमा खवर गरेर प्रहरी र स्थानीयबासीले खोजी गर्दा समेत अवस्था पत्ता लाग्न नसकेको सुनारले बताउनुभयो । उहाँका अनुसार, वुधवार नदीमा विकले प्रयोग गरेको सल फेला परेको छ । विकका एक छोरा र श्रीमान हुनुहुन्छ । नदी किनारमा वेवारिसे सब फेला परेमा प्रहरीमा खबर गरिदिन अनुरोध गरिएको छ । विक मानसिक रोगको विरामी रहेको घरपरिवारको भनाई छ ।