बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई ओमकुमारी शान्ति कोष र मोना यूएईले राहत वितरण(फोटोफिचर)

  • ११ भाद्र २०७४, आईतवार
  • धिरन खत्री
  • 1867 पटक पढिएको

म्याग्दी, ११ भदौँ
बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मोना यूएईले संकलन गरेको राहत कोषले वितरण गरेको छ। कोषले संकलन गरेको रकम बाढीले प्रभावित भएका डुडुवा गाउँपालिका वडा १ को खडैचा र कधाई पुर्वाका पिडितहरुलाई वितरण गरिएको हो ।


साउन २८ गते विहान ७ बजे आकस्मिक रुपमा आएको बाढीले डुडुवा गाउँपालिकाको १५ सय घरपरिवारलाई प्रभावित पारेको थियो । प्रभावित क्षेत्रलाई लक्षित गर्दै कोषले उक्त ठाउँमा तिन लाख बराबरको रकम हस्तान्तरण गरेको हो । बाढीपडितहरुका लागि मोना यूएईबाट उपलब्ध रकम एक लाख पचार हजार र कोषका प्रतिनिधिबाट र सकंलन गरेको राहत रकम वितरण गरिएको कोषका कोषाध्यक्ष थम थापाले बताए ।


गर्मि र बाढीकाको कारण प्रदुषण बढेको खबर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी गराएपछि बाढीपीडितका लागि ६ सय २२ थान झुल र  बालबच्चाका लागि बन्धन र ब्रस १०० पिस वितरण गरिएको हो । उक्त राहत वितरण गर्न कोषका थम थापा, नन्दकुमार पाईजा र धिरन खत्री राहत लिएर सो ठाउँ पुगेका थिए ।


बाढीले ग्रस्त ठाउँमा आवश्यकतालाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा मगरले गाउँपालिका प्रमुख संग सम्पर्क गरेर सो राहत हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्षले जनप्रतिनिधि परिचालन गरेर सो राहत रकम बास्तविक पिडितलाई हस्तान्तरण गरिएको हो ।


गाउँपालिका अध्यक्षले संकलित राहत वितरण गर्न पुगेका कोषका टिमलाई धन्यबाद दिदै कोष तथा युएईमा रहेका म्याग्देलीलाई आभार ब्यक्त गरेका थिए । भने कोषका कोषाध्यक्षले कोषको जानकारी गराउदै  पुस्तक अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।


सो रकम हस्तान्तरण गर्न जिल्ला समन्वय समिति उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपाली काग्रेस जिल्ला सभापति किरण कोईराला, उपसभापति सुनिलनरसिङ राणा जिल्ला सदस्य सुधानसु कोइराला, तरुणदल सह–सचिव विमल चन, वडा १ का अध्यक्ष पटेश्वर कुर्मिको सहयोगमा सो राहत वितरण गरिएको थियो ।


घर डुवानमा परेका युवा राजकुमार तमौलीले बाढीले ठुलो क्षति पुग्दापनि आवश्यक कदम सरकारले नचालेको बताए । सरकारले चामल,दाल चिनि मात्र थोरै वितरण गरेको जानकारी दिए । विभिन्न संघसस्थाले लिएको राहत रकम बाढीपीडित धेरै हुदाँ सबैले नपुगेको गुनासो पोखे ।
बाढीले त्यहाँ खेतीपातीमा पनि असर गरेको छ ।भने घरमा भएको सम्पुर्ण सामान पनि बाढीले नष्ट गरेको अवस्था देख्न सकिन्छ । बाढीपीडितका लागि बास गासँ कपास आवश्यक रहेको हुदाँ सहयोगको अपेक्षामा पिडित पर्खिरहेका छन् ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l