बेनीका रमेश जिसी दुई महिनादेखि विहारबाट सम्पर्क विहिन

  • ११ असार २०८२, बुधबार
  • 3 पटक पढिएको

 

म्याग्दीको बेनी नगरपालिका–८ शिक्षामार्गका ४० बर्षिय रमेश जिसी विगत दुई महिनादेखि भारतको विहारबाट सम्पर्क विहिन हुनुभएको छ । रोजगारको शिलसिलामा रिबाहीब मजप्पपुर कम्पनीमा काम गर्न भारतको विहार स्थित मजप्पपुर सिटी शिक्षामार्ग भगवानपुर भन्ने ठाउँमा जानका लागि बिरगंजबाट प्रस्थान गरेका जिसी त्यसपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छैन् ।


गत बैशाख ४ गते बेनीबाट निस्कनुभएका जिसी ५ गते बिरगंज पुगेपछि आफु विहारतर्फ लाग्ने तयारी गरेको जानकारी गराएको र भारत पुगेपछि भारतीय मोवाइल नम्बर अन भएपनि दोहोरो सम्बाद नभएको र खोजी गर्दा अहिलेसम्म कुनै अवस्था पत्ता लाग्न नसकेको जिसीकी बहिनी विन्दु जिसीले बताउनुभयो । उक्त कम्पनीमा सुपरभाइजरमा आवेदन दिएर आफु छनौट भएको र उक्त कम्पनीले नेपालमा गएर आफ्नो व्यक्तिगत खाता सञ्चालन गरी सो खातामा २ लाख रकम रहेको प्रमाण लिएर कम्पनीमा काम गर्न आउनुपर्ने सर्त राखेपछि जिसीले नेपाल बैँक बेनी शाखामा खाता खोलेर रु २ लाख जम्मा गरी घरबाट पुन विहार तर्फ गएको परिवारले जनाएको छ ।

अन्तिम पटक विरगंजबाट विहारतर्फ लाग्न लागेको कुराकानी गरेका जिसीले आफु विहार पुगेको र कम्पनीमा लागेको बारेमा परिवारलाई कुनै जानकारी गराएका थिएनन् । यस अघि भारतमा रहँदा जिसीले प्रयोग गरेको मोवाईल नम्बर वैशाख दोस्रो सातासम्म अन भएपनि त्यसपछि भने अफ भएको छ । सम्पर्क विहिन भएको सम्बन्धमा प्रहरीलाई समेत खवर गरिएको र अहिलेसम्म प्रहरीले समेत कुनै अवस्थाबारे सूचना पाउन नसकेको जवाफ दिएको घरपरिवारले जनाएको छ ।
रमेश जिसीले बिरगंजबाट घरपरिवारलाई सम्पर्क गरेको नम्बर ९८६७९७२९८५
रमेश जिसीले भारतमा रहँदा प्रयोग गने सम्पर्क नम्बर ९१६३७९२४५२७६
कसैले उहाँबारे केही जानकारी भएमा बहिनी विन्दु जिसीको मोवाइल नम्बर ९८४४७९८४४८