बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख बजेट पारित
- १० असार २०८२, मंगलवार
- 109 पटक पढिएको
म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७१ करोड ८० लाख २७ हजार बजेट पारित गरेको छ । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न १७ औं नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपमेयर ज्योति लामिछानेले पेश गर्नुभएको बजेट छलफल सहित पारित भएको हो ।
सभामा लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ रु ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ रु १६ करोड ८६ लाख ९७ हजार विनियोजन गरिएको छ ।
बजेटमा संघीय समानीकरण अनुदान ११ करोड ६३ लाख,संघीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार,गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, संघीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख,गण्डकी प्रदेश सरकार सर्शत÷समपुरक र विशेष अनुदान एक करोड २ लाख,संघीय सरकार समपुरक अनुदान ६५ लाख संघीय विशेष अनुदान रु ६९ लाख बजेटमा समावेश गरिएको छ ।
नगरपालिकाले बजेटमा आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार, मालपोत रजिष्ट्रेशन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन वाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ । नगर प्रमुख केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जनाइएको छ । मेयर केसीले गुणस्तरीय शिक्षा मार्फत सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने, सुलभ र गुणस्रीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, आधुननिक र व्यावासायिक कृषि प्रणाली अबलम्बन गर्ने, पर्यटकीय गन्तव्यको पहिचार र विकास तथा दिगो, गुणस्तरीय र योजनाबद्ध विकासलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
आर्थिक विकास तर्फ नगरस्तरीय योजनाहरुका लागि एक करोड ६७ लाख र वडास्तरीय योजनाहरुका लागि ५९ लागि ५० हजार गरी जम्मा एक करोड ७ लाख ५० हजार बिनियोजन गरिएको छ । सामाजिक विकासतर्फ रु ४१ करोड ६८ लाख, २० हजार, पूर्वाधार विकासतर्फ रु १४ करोड ७ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु १ करोड २५ लाख ५० हजार र सुशासन तथा संस्थात विकासतर्फ रु १२ करोड ६८ लाख विनियोजन गरिएको छ ।