लुक्सीपारमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना सम्पन्न
- ३० जेष्ठ २०८२, बिहीबार
- 239 पटक पढिएको
म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् ।
मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् ।
ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।