जलजलामा उत्कृष्ट २० उद्यमी छनौट, सम्मानसहित रु २५ हजारका दरले पुरक अनुदान प्रदान
- २८ जेष्ठ २०८२, मंगलवार
- 123 पटक पढिएको
म्याग्दी , २७ जेठ । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट २० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट २० उद्यमीहरुलाई सम्मान गरिएको हो ।
उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणबाट छनौट भएका चालिस उद्यमीबाट उद्यमीहरुले तयार गरेको व्यावसाकिय योजनाका आधारमा २० जना छनौट गरी सम्मान गरिएको हो । जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमी छनौट भएका थिए ।
छनौट भएका उद्यमीहरुलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले बताउनुभयो । उहाँका अनुसार, उद्यमी आफैले तयार गरेको व्यावसायिक योजनालाई विज्ञहरु सम्मिलित टोलीद्धारा मूल्याङ्कन गर्न लगाएर दोस्रो चरणका उत्कृष्ट उद्यमीहरु छनौट गरिएको थियो ।
मंगलवार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, लेखा अधिकृत फणिन्द्र प्रसाद आचार्य, कार्यक्रमका प्रदेश संयोजक बुढामगर लगायतले उत्कृष्ट २० जलजला उद्यमीको रुपमा छनौट भएका उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उद्यमीहरुलाई न्युनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार नगद सहयोग समेत प्रदान गरिएको छ ।
प्रस्ताबनाको महत्व, उद्यमशील क्षमता र सोच, ग्राहक संगको सम्बन्ध, लगानीको अवस्था, वर्तमान स्रोत साधन, आम्दानीका स्रोत, प्रमुख साझेदार,बुद्धिमुखी योजना, सामाजिक प्रभाब र विस्तार, स्थानीय ज्ञान सीपको उपयोग लगायतको आधारमा उत्कृष्ट उद्यमी छनौट गरिएको जनाइएको छ । छनौट भएका उद्यमीहरुलाई बृद्धिमुखी योजना सम्बन्धि उद्यम शिविर सञ्चालन गरी तालिम प्रदान गरिनेछ भने भोटिङ मार्फत २५ प्रतिशत र ७५ प्रतिशत उद्यमको अवस्थाबारे स्थलगत अनुगमन गरेर उत्कृष्ट १० उद्यमी छनौट गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो ।
उत्कृष्ट १० मा छनौट हुने उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि ५० प्रतिशत साझेदारी रहने गरी जनही नगद रु १ लाख ५० हजारका दरले पुरक अनुदान दिइने जनाइएको छ । त्यसैगरी पालिकाभरबाट सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु १ लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो । उहाँले कृषकहरुलाई उद्यमी बनाउन, रोजगार सिर्जना गर्दै पालिका र राष्ट्रको अर्थतन्त्रमा समेत सघाउन यस कार्यक्रमले सघाउने बताउनभुयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका प्रतिनिधि चित्रलाल रेग्मी, गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख भेषनाथ आचार्यले उद्यमीहरुलाई व्यवसायिक क्षेत्र विस्तारमा कार्यक्रमले सहयोग पुग्ने बताउँदै कार्यक्रम अन्तर्गत प्रदान गरिने पुरक अनुदानले क्षमता विस्तार र प्रविधिको पहुँच बढाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट उद्यमीमा छनौट हुनुभएका सावित्री खत्री र नरबहादुर खत्रीले उद्यमशिलाको विकास गर्न र उद्यमीलाई प्रोत्साहन गर्न कार्यक्रमले सहयोग गरिरहेकोमा जोड दिनुभएको थियो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धीत पालिकाको सहकार्यमा जलजला संगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ ।