दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • २९ बैशाख २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल  र बस ठाेक्कीएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रुप्सोदेखि दानातर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल काठमाण्डौदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका ५ घर भई दानामा वर्कसपमा काम गर्दै आएका २१ बर्षिय फरमुलाह मियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर पौडेलको नेतृत्वमा गएको टोलीले प्रारम्भिक अनुसंधान सम्पन्न गरी बसका चालक कुलबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।