बेनीमा गणतन्त्रका पक्षमा एमालेको जागरण सभा
- १७ चैत्र २०८१, सोमबार
- 1073 पटक पढिएको
नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो ।
चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण सभाको आयोजना गरेको जिल्ला कमिटीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
पार्टी कार्यालय हाँडेभीरबाट नेता तथा कार्यकर्ता सहितको मोटरसाइकल ¥यालीले मंगलाघाट, न्युरोड, अस्पतालचोक हुँदै गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुँदै वीरेन्द्रचोकमा पुगेर जागरणसभामा परिणत भएको थियो ।
सभालाई एमाले पोलिटब्युरो सदस्य थममाया थापा, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भेपेन्द्रबहादुर थापाले सम्बोधन गर्दै राजतन्त्र पुनः फर्कन असम्भव भएको बताउनुभयो । प्रतिगमनकारीले टाउको उठाउन थालेकाले जनता जागरुक हुनुपर्ने उहाँहरुको भनाई थियो ।