काठमाडौं महानगरपालिका द्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख जरिवाना

  • १५ चैत्र २०८१, शनिबार
  • 143 पटक पढिएको

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा करिब ८ लाख जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्‍याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो । महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो। पूर्व राजा शाहको उक्साहटमा राजावादी हरुले काठमान्डौमा हत्या, चोरी, डकैटी, निजी तथा सार्वजनिक सम्पतीमा आगजनी तोडफोड सहितको हिंसक आन्दोलन गरेका थिए ।