पत्रकार महासंघ स्थापना दिवसको अवसरमा पत्रकारहरुबीच फुटसल प्रतियोगिता
- १३ चैत्र २०८१, बिहीबार
- 145 पटक पढिएको
म्याग्दी १४ चैत । नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसको पूर्वसन्ध्यामा म्याग्दीमा पत्रकारहरुबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दीले बिहिवार बेनीमा आयोजना गरेको प्रतियोगितामा म्याग्दी र बागलुङका पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ बागलुङ ‘रातो’ प्रथम र ‘निलो’ द्धितिय हुन सफल भएका छन् । प्रतियोगितामा महासंघ बागलुङ शाखाबाट दुई समूह र म्याग्दी शाखा र म्याग्दी मिडिया सोसाईटीको एक÷एक समूहले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिजेता र उप–बिजेता समूहलाई ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि सर्वाधिक गोलकर्ता संगम घर्ति मगर र उत्कृष्ट खेलाडी घोषित बिजय रानालाई समेत ट्रफिद्धारा सम्मान गरिएको महासंघ म्याग्दी शाखाका सचिब ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता र उप–बिजेता खेलाडीहरुलाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई समेत खेलकुद र स्वास्थ्यमा ध्यान दिन र आपसी सम्वन्धलाई प्रघाट बनाउनका लागि दुई जिल्लाका पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको शाखा अध्यक्ष गौतमले बताउनुभयो ।
उहाँका अनुसार, स्थापना दिवसको अवसरमा सञ्चारकर्मीका उपचाररत परिवारलाई आर्थिक सहयोग, पत्रकार दुर्घटना बिमा पोलिसी हस्तान्तरण, स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा बिजेता र उपबिजेतालाई पुरस्कार वितरण गर्दै महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेलले स्थापना दिवसको अवसरमा पत्रकारहरुबीचको फुटसल प्रतियोगिताले पत्रकारहरु आफ्नो स्वास्थ्यप्रति सचेत बन्नुपर्ने सन्देश दिएको बताउनुभयो ।
महासंघ बागलुङका अध्यक्ष राम थापाले दुई जिल्लाका पत्रकारहरुबिचको भावनात्मक सम्बन्धलाई बलियो बनाउने र आपसी सहयोग र सदभावलाई बढवा दिन मैत्रीपूर्ण फुटसल प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमममा महासंघ म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्माले स्वागत र सचिब आचार्यले सञ्चालन गर्नुभएको थियो ।