खैरो हिरोईन लागूऔषधसहित एक भारतिय नागरिक पक्राउ

  • १३ चैत्र २०८१, बिहीबार
  • 639 पटक पढिएको

म्याग्दी , १४ फागुन । म्याग्दी सदरमुकाम बेनीमा खैरो हिरोईन लागू औषध सहित एक भारतिय नागरिक पक्राउ परेका छन् । भारतको बिहार राज्य मोतिहारी संग्रामपुर थाना घर भई बेनी नगरपालिका–८ कालीपुल बस्दै आएका २६ बर्षिय अजित कुमार पासवानलाई ५ दशमलब ६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको हो ।शंकास्पद अवस्थामा हिँडेका पासवानको तलासी लिने क्रममा कम्मरमा लुकाई छिपाई राखेको अबस्थामा खैरो हिरोइन लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, पक्राउ परेका पासवानलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ भने आबश्यक अनुसंधान अघि बढाईएको छ ।
पछिल्लो समय म्याग्दीमा लागू औषधको दुव्र्यसन बढ्दै गएको छ ।