मिर्गौला पिडित भण्डारीको उपचारमा राखु समाज युकेको रु १ लाख ६० हजार सहयोग

  • ९ पुष २०८१, मंगलवार
  • 71 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा राखु समाज युकेले रु १ लाख ६० हजार सहयोग गरेको छ । युकेमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुले मिर्गौला पिडित भण्डारीको लागि उक्त सहयोग गरेका हुन् । 

राखु समाज युकेले पठाएको उक्त सहयोग रकम राखु समाज काठमाण्डौका अध्यक्ष प्रेमबहादुर मल्ल मार्फत पिडित भण्डारीलाई हस्तान्तरण गरीएको छ । मिर्गौला संगै आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेपछि देश विदेशमा रहेका राखुबासीले सहयोग गर्न थालेका छन् । दसैँ लगत्तै पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको अहिले काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ । भण्डारीको उपचारमा विभिन्न सहयोगदाताहरुले सहयोग गर्नुभएको छ ।
सहयोगदाताको नामावली