मिर्गौला पिडितको उपचारमा पोर्तुगलमा रहेका रवि भण्डारीले जुटाए एक लाख बढी सहयोग
- २५ कार्तिक २०८१, आईतवार
- 865 पटक पढिएको
म्याग्दी २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा पोर्तुगलमा रहनु भएका रवि भण्डारीले रु एक लाख बढी सहयोग जुटाउनु भएको छ । कलेजाबाङ महतारे घर भइ रोजगारको सिलसिलामा पोर्तुगलमा रहनुभएका भण्डारीले आफु सहित बुइजुनिङ्क कम्पनीमा कार्यरत आफ्ना साथिहरु बाट रु एक लाख एक हजार सहयोग संकलन गरी पठाउनु भएको छ । समाजसेवी शान्त बहादुर भण्डारीका छोरा रवि भण्डारीको नेतृत्वमा संकलन भएको उक्त सहयोग रकम समन्वयकर्ता भण्डारीको दिदी इश्वरी भण्डारी मार्फत मिर्गौला पिडित भण्डारी लाई हस्तान्तरण गरिएको छ । दुवै मिर्गौलामा खरावी आएपछी भण्डारीको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ । घर परिवारको आर्थिक अवस्था कमजोर भएपछी मिर्गौला पिडीत भण्डारीको परिवार ले सहयोगको याचना गरेका छन् भने विभिन्न सहयोग दाताले सहयोग समेत गर्न थालेका छन् ।