१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत
- १४ कार्तिक २०८१, बुधबार
- 621 पटक पढिएको
म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका ७ मङ्गलाघाटमा १३७ वर्षअघि बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ।
प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो। वि.सं १९४४ मा बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी पुल बनाइएको बताइन्छ।