मोना कतारद्धारा खेलाडीलाई विदाई

  • ३० श्रावण २०७४, सोमबार
  • तिलु शर्मा पौडेल
  • 2588 पटक पढिएको

दोहा
“प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतारले खेलाडीलाई विदाई गरेको छ । कतारमा रहदा मोना कतारको खेलकुद विभागमा रही लामो समय देखि आफनो खेल कौसलता मार्फत योगदान दिदै आउनु भएका बर्दिया जिल्ला पशुपतिनगर ८, पथरिया निवासी राजकुमार थारु कतार बसाइलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएको घडीमा मोना कतारले उहाको सम्मानार्थ एक बिदाइ कार्यक्रमको आयोजना गरि खादा तथा सम्मान पत्रले सम्मान गरि बिदाइ गरेको छ ।

गत शुक्रबार साझ दोहाका कर्निसमा आयोजित कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा खेलकुद बिभाग तथा मोना कतारका केन्द्रिय समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै खेलकुद सयोजक आकास रसाइलीले थारु अत्यन्त मेहनती र उत्कृष्ट खेलाडी भएको बताउनुभयो । बर्दियामा जन्मिएर कतारलाइ कर्म भुमि बनाइरहदा उहाले मोना कतारलाई खेल मार्फत गरेको योगदान सधै सम्झीरहने बताउनुभयो ।

उक्त कार्यकर्ममा बोल्ने अधिकांश बक्ताहरुले थारुको बाकि जिबन सहज र सुखमय बितोस भन्दै भाबुक मुद्रामा सुभकामना प्रकट गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले खेलाडी थारुको जिबनमा सधै खुसि मिलोस भन्दै खेल मार्फत मोना कतारलाई उच्च सहयोग गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमका सञ्चालन महासचिब राजु पौडेलले गर्नुभएको थियो ।

तिलु शर्मा पौडेल