प्रजातन्त्र दिवसको अबसरमा कर्मचारी र नेताहरुबीच मैत्रीपूर्ण फुटबल

  • ८ फाल्गुन २०७३, आईतवार
  • 1583 पटक पढिएको

1
म्याग्दी, ८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आईतबार जिल्लामा क्रियाशिल राजनितिक दलका नेता र सरकारी कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । ६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको नेतृत्व नेपाली काँग्रेसका सभापति खम्बिर गर्बुजाले गर्नुभएको थियो ।

2

६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको नेतृत्व नेपाली काँग्रेसका सभापति खम्बिर गर्बुजाले गर्नुभएको थियो ।

मैत्रीपूर्ण फुटबलसंगै म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर प्रजातन्त्र तथा निर्वाचन दिवस मनाइएको छ । दिवसको अबसरमा शुक्रबार बेनीको सार्वजनिक स्थलको सरसफाई, शनिबार र्‍याली र प्रवचन लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।