१०औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिकः व्यवसायिक हितकोषमा १ लाख प्रदान

  • १६ फाल्गुन २०८०, बुधबार
  • 241 पटक पढिएको

 

म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४ हजार ६६६ बराबरको आयब्यय विवरण सार्वजनिक गरिएको हो । समितिका सभापति अम्बिका श्रेष्ठले विभिन्न शिर्षकमा रु. १८ लाख १४ हजार ६६६ आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार विभिन्न शिर्षकमा १६ लाख ६९ हजार ५ सय खर्च भएको छ । रु १ लाख उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा जम्मा गरिएको र रु. ४५ हजार १६६ बचत भएको छ ।

 

परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो । माघ २ गतेसम्म संचालन भएको मेलामा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो ।

 

 

 

मेलामा ब्यवसायीक स्थल, टिक बिक्ती, विभिन्न ब्यक्ति र संघसंस्थाबाट सहयोग नै प्रमुख आम्दानी रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानी उत्पादनलाई प्रर्बधनमा प्रमुख भूमिका खेलेको बताउनुभयो ।

 

कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित बानियाँ लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन महासचिव प्रमिला श्रेष्ठ र समापन वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले गर्नुभएको थियो ।

 

जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहेको थियो । मेलामा अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।