प्रजातन्त्र दिवसको अवसरमा पखेर प्राविको सातौ बार्षिकत्सव

  • ८ फाल्गुन २०७३, आईतवार
  • धिरन खत्री
  • 1887 पटक पढिएको

fg

म्याग्दी,७ फागुन । म्याग्दी बंरजा २ मा रहेको पखेर प्राविले प्रजातन्त्र दिवसको अवसरमा सातौ बार्षिकउत्सव मनाएको छ। बार्षिक अवसरमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको शनिवार उद्घाटन गरिएको छ ।

विधालयको सातौ बार्षिक उत्सवलाई उद्घाटन गर्दै सांसद नरदेवी पुनले गाउँमा शिक्षा स्वास्थ्य सडक तथा भौतिक संरचना निर्माण गर्न शिक्षक तलब जुटाउन लागि सबै मिलेर सार्वजनिक जग्गामा ब्यवसायिक खेती गरी विधालयको खर्चको श्रोत जुटाउन सकिने बताउनुभयो । विधालयको गुणस्तर बनाउन समस्याको समाधान गर्न हामी सरकार बन्नपर्ने जोड दिनुभयो । जनताको संविधान कार्यान्वयन गर्नका लागि स्थानिय निकायको चुनाव छिट्टै मिति घोषणा हुनुपर्ने बताउनुभयो ।

त्यस्तै बार्षिकत्सवलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानिय विकास अधिकारी प्रेमराज गिरि, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले पखेर प्राविको भौतिक शैक्षिक गुणस्तर निर्माण गर्नका लागि हाम्रो क्षेत्रबाट प्राथमिकतामा राखेर समस्याको सम्बोधन गर्ने बताउनुभयो ।

त्यस्तै धौलागिरि माविका श्रोत ब्यक्ति केशवराज रेग्मी, राजनीतिक दलतर्फ नेकपा एमालेका जिल्ला सदस्य शंकर शेरचन, नेपाली काग्रेसका गाविस प्रतिनिधि कृष्ण केसी भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए । बार्षिकत्सवको अवसरमा विधालय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष दलबहादुर थापा र पुर्व प्रअ निकेश खड्कालाई सम्मान गरिएको थियो ।

३५ घरधुरीका बालबालिकाको शिक्षाको लागि विधालय बनाउन लागि बरंजा २का टेकबहादुर घर्तिमगर र दलबहादुर घर्तिमगरले ३ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । जिल्ला शिक्षा कार्यालयको सहयोगमा २०६६ सालमा स्थापना गरिएको थियो । सातौ बार्षिकको अवसरमा विधालयले खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजन गरिएको छ ।

पखेर प्राविका विधालय ब्यवस्थापन समितिका अध्यक्ष विरबहादुर बुढाथोकीको अध्यक्षता, शिक्षिका मेलिना थापाको स्वागत, प्रअ यामनाथ पौडेलको संचालनमा भएको कार्यक्रममा हास्यकलाकार रवि कार्की र विधार्थीले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

बार्षिकत्सवको अवसरमा हुने भलिवल र लठो प्रतियोगितामा प्रथम र दिप्तृय हुनेले २५ हजार र १५ हजार साथै लठो प्रतियोगितामा प्रथम दिप्तृय हुनेले २ हजार पाचसय र १ हजार पाचँ सय सहित मेडल प्रमाणपत्रले सम्मान गरिने मेलाका खेलकुद संयोेजक भविलाल बुढाथोकीले जानकारी दिए ।

धिरन खत्री