कांग्रेस म्याग्दीले मनायो ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

  • १६ पुष २०८०, सोमबार
  • 195 पटक पढिएको

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

राणा शासन, दोस्रो जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने देखि संविधानसभामार्फत नयाँ संविधान जारी गर्न कांग्रेसले नै नेतृत्व गरेको र अहिलेको अवस्थामा पनि कांग्रेसले नै देशको नेतृत्व गर्ने गरेको पूर्व सभापति एवम् संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले बताए ।

त्यस्तै पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्ला सम्मेलनमा गरिएको निर्णयको कार्यान्वयन तथा जनतामाझ पार्टीका गतिविधिहरु सञ्चालन गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । कार्यक्रममा पार्टी उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी, पूर्व उपसभापति माधबप्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो । नगर समितिका सभापति रबिन्द्र कार्कीको अध्यक्षता, प्रदेश क का सचिव सुजन बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।