भूकम्पमा परी रुकुम पश्चिममा २८ जनाको मृत्यु

  • १८ कार्तिक २०८०, शनिबार
  • 247 पटक पढिएको

शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमका विभिन्न पालिकामा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज अधिकारीका अनुसार जिल्लाको आठविसकोट, सानीभेरी र चौरजहारी नगरपालिकाका विभिन्न वडाका स्थानीयको भूकम्पमा परी मृत्युभएको छ । भने कम्तीमा ५० जना घाइते भएका छन ।

 

भूकम्पपछि सुख्खा पहिरोले बाटो अवरूद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

 

रुकुम पश्चिमको आनीभेरी गाउँपालिका र चौरजहारी जोडने मध्यपहाडी राजमार्ग अन्तर्गत कालेगाउँ पुल लगाएतका क्षेत्रमा पहिरो गएको वताईएको छ ।